विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बोल्ने शैली नभएका महिला अधिकृत रागिनी

सिम्रौन्गढ़ नपा psa

रमेश साह, कलैया, बारा। 

नेपालको संविधानको भाग ३ को पहिलो धारा १६ मै सबै नागरिक लाई सम्मान पुर्वक बाँच्न पाउने हक हुनेछ भनी ब्यव्स्था गरिएको छ। त्यो कुरा लाई नेपाल सरकारका गृहमन्त्रीले कोहि पनि आफू भन्दा जुनियर क्रमचारी लाई “तँ” सम्बोधन नगर्नु भनि निर्देश गर्नुभएको छ। तर, राष्ट्रिय कृषिगणनाको लागि बारा बाट करारमा खटेका क्रमचारीहरु संग जिल्ला कृषीगणना अधिकृत रागिनी वर्मा औपचारिक भाषाको प्रयोग नगरि जहिले पनि “तँ” शब्दको सम्बोधन गर्ने गरेको सुपरिवेक्षक र गणक क्रमचारीहरु बताउछ्न।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

क्रमचारी छनौट गर्दा वैकल्पिकमा कसैको नाम नखुलाई आफुले चाहेको ब्यक्ति लाई नियुक्त गर्ने गरेकी छिन। यसरी नियुक्त गरेका क्रमचारीहरु संग २०% भन्दा बढी रकम घुस लिने गरेको उनी माथी आरोप लागेको छ। करारमा खटाउन नमिल्ने क्रमचारीलाई पनि करारमा नियुक्त गरिएको छ। तालिमको वेला रु २०० को खाजा पाउने ब्यवस्था रहेको आफै स्विकारेकी रागिनी ९ दिनको तालिममा रु ७० भन्दा बढिको खाजा कहिल्यै पनि नखुवाएको आरोप करार कर्मचारीहरुको रहेको छ ।

२०७९/०१/३ गते नै सम्पन्न भएको तालिमको भत्ताकोलागि २ चोटि खाता नं मागी ४० दिन बित्दा पनि कसैको खातामा भत्ताको रकम गएको छैन। लुटत्न्त्रमा अवरोध नपुगोस भन्ने मनसायले क्रमचारीहरुसंग तुच्छ व्यवहार गर्ने गरेकि छिन । २०७९/०१/०६ गते देखि शुरु भएको कृषिगणना कार्यमा रागिनी आफै १ दिन पनि अनुगमनमा नगइ क्रमचारीहरुलाई हप्काउने कार्य मात्र गरेकि छिन।

अधिकृत वर्माले आरोपहरुको सम्बन्धमा टेलिफोनमा कुरा गर्दै आफुले कुनै किसिमको प्रतिशतको बार्गेनिङ नगरेको र खाजापनी कम नदिएको तथा भता सम्बन्धमा कसैलाइ काखापाखा नगरी नियमानुसार गणकहरु लाई दिनको ५०० को दरले आठ दिनको  ४ हजार र सुपरिवेक्षकहरु लाई नौ दिनको ४ हजार पाँच सय दिएको बताइन एवम् कर्मचारीहरु संग अपशब्दको सन्दर्भमा दुई तीन जना कर्मचारीहरुले अटेर गरेको खण्डमा त्यसता शब्द प्रयोग भएको होला भने स्विकारेकी छिन।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed