CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

हरिहरपुर ४ सिम्रौनगढमा कमलेश्वर नाथ मन्दिरको प्राङ्गणमा शिलान्यास

फेटा GP PSA
486
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

सिम्रौनगढमा विकासको लहर लागे संगै नगरप्रमुख आज हरिहरपुर ४ सिम्रौनगढमा कमलेश्वर नाथ मन्दिरको प्राङ्गणमा विष्णु मंन्दिरको शिलान्यास गरिएको हो। महन्थवा पोखरी नजिक पोखरी उत्तखनन गर्ने क्रममा भगवान विष्णुको मुर्ति लगभग एक वर्ष पहिला फेला परेको थियो। मुर्तिको आकार पाँच फिट लामो र चार फिट चौडाई रहेको छ। मुर्ति फेला परे संगै गाउलेहरुको सहयोग संरक्षण गरि उक्त मंन्दिरमा राखिएको थियोे।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

स्थानीय सरकारको मातहतमा मंन्दिर, मस्जिद लगायत धार्मिक स्थलको संरक्षण तथा प्रवर्द्धन गर्ने अधिकार रहेकोमा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय सदस्य डा. कमरुल्लाह अंसारीको प्रमुख आतिथ्य तथा नवनिर्वाचित नगर प्रमुख किशोरी प्रशाद कलवारको करकमल बाट आज उक्त मुर्ति लाई व्यवस्थापन गरि संरक्षण गर्ने उदेश्यले मंन्दिरको शिलान्यास गरेका छन्।

नगर प्रमुख कलवारले हाम्रो नेपाल बहुजातीय तथा बहुभाषिक रहेकोले हरेक धर्म र संस्कृति लाई एक सम्मान रुपले हेरिने आफ्नो धारणा राखेका थिए । सिम्रौनगढ विश्वमा पहिचान गराउने एतिहासिक स्थल रहेकोेले यसलाई हरेक सम्भव प्रयास गरि यस ठाउँलाई नाम प्रख्यात गर्ने हाम्रो पुर्न जिम्मेवारी रहेको नगर प्रमुख कलवारले बताए।

शिलान्यास कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय सदस्य डा. अंसारी, प्रदेश कमिटीका सदस्य एवं पुर्व वडा अध्यक्ष राजेस यादव, उपभोक्ता समितिका अध्यक्ष रामजिनिस प्रशाद साह, सचीव नवलकिशोर पटेल, कोषाध्यक्ष शोसिला देवि यादव, सदस्य सुनिल साह कलवार लगायत स्थानीय बिनोद प्रशाद यादव, राजकोशोर पंडित, किशोरी सहनी, समसुलहक हवारी, जैलाल साह कलवार, मन्डे यादव, जितेन्द्र साह कानु, शशी कपुर साह कानु लगायतको उपस्थिति रहेको थियोे ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश