विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

दुवै राष्ट्रको सुरक्षालाई ध्यानमा राखेर देखिएका समस्याको हल गर्नु पर्ने

सिम्रौन्गढ़ नपा psa

नेपालगन्ज।

नेपालगन्जमा नेपाल भारत खुला सीमा संवाद समूहका केन्दिय सयोजक राजीव झाको प्रमुख अतिथिमा कार्यक्रम संचालन भएको थियो। नेपालगन्जमा नेपाल भारत खुला सीमा संवाद समूहका बाँकेले नेपालगन्ज–रुपैडिया जनसम्बन्ध विषयक अन्तरक्रिया कार्यक्रम अयोजना गरेको थिए । नेपालगन्ज र रुपैडियाका जनताले भोगेका समस्याका बारेमा छलफल गर्न कार्यक्रमको आयोजना गरिएको हो ।

अन्तरक्रियामा दुवै देशका पत्रकार, समाजसेवी,नेतागणहरु तथा जनप्रतिनिधिको उपस्थिति रहेको थियो । अन्तरक्रिया कार्यक्रममा नेपाल जडिबुटी व्यवसायी संघ बाँकेका प्रतिनिधीले भने नेपाल–भारत सीमा नाकामा रिक्साको आवात–जावतमा रोक लगाएका कारण जनमानसले सास्ती भग्नु परेको, नेपालगन्जका होटल व्यवसायले सुरक्षाको मापदण्ड प्रयोग नगरेको, खुला सिमानाका कारण अवैध चोरीपैठारी भई रहेको, भारतमा नेपाली गाडीहरुले सहज पास पाउन नसकेको जस्ता समस्या रहेको बताए ।

Prasauni holi 2082
karaiya holi 2082

यस्तै कार्यक्रममा बोल्दै नेपालगन्ज उप–महानगरपालिकाका उपप्रमुख कमरुद्दीन राईले दुवै राष्ट्रको सुरक्षालाई ध्यानमा राखेर देखिएका समस्याको हल गर्नु पर्ने बताए ।उनले सीमा भिडभाड कम गर्न रिक्साको आवात जावतमा रोक लगाइएको बताए । त्यस्तै कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल वैश्यले दुवै पक्षिय समस्याका लागि समिति बनाएर अघि बढ्नु पर्ने सुझाव दिए । उनले दुवै तर्फ समितिका सदस्य भएमा कसैलाई समस्या परेको बेला उनीहरुबाट मद्दत लिन सकिने बताए ।

साथै उनले यस्ता कार्यक्रम ३÷३ महिनामा हुनु पर्नेमा जोड दिए । त्यसैगरी कार्यक्रमा समाजिक आभियान्त विनोद आग्रहारिले भने नेपालगन्जका होटल व्यवसायी र घरधनीले घर तथा कोठा भाडामा दिँदा अनिर्वाय रुपमा परिचयपत्रको नियम लागू गर्नु पर्ने बताए ।अन्तरक्रियामा नेपाल–भारत सीमा नाकामा रिक्साको आवात–जावतमा रोक लगाएका कारण जनमानसले सास्ती भग्नु परेको, नेपालगन्जका होटल व्यवसायले सुरक्षाको मापदण्ड प्रयोग नगरेको, खुला सिमानाका कारण अवैध चोरीपैठारी भई रहेको, भारतमा नेपाली गाडीहरुले सहज पास पाउन नसकेको जस्ता समस्या सहभागीले उठाएका छन् ।

साथै दुवै देशबीच सामाजिक, सांस्कृतिक, रितिरिवाज, रहनसहनको समानता भएका कारण त्यसलाई नखलब लाई समस्या सुल्झाउन सम्बन्धित निकायको ध्यान केन्द्रीत गर्नु पर्नेसुझाएका छन् । अन्तरक्रियामा नेपाल–भारत सीमाका भारतका बरिष्ठ पत्रकार मनिराम शार्म एसके मधेशीय राज जी सोनी नेपालगञ्जका नेपालगन्ज उप–महानगरपालिकाका उपप्रमुख कमरुद्दीन राई ,समाजिक आभियान्त विनोद आग्रहारि, नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल वैश्य जि नेपाल फोरके टेलिभिजन प्रमुख आशिष गुप्ता नेपाल भारत खुला सीमा संवाद समूहका बाँक सयोजका विनय कुमार गुप्ता संवाद समूहका सह सयोजक मेराज अहमाद हिमाल ,समाजिक आभियान्त रामाजि पाठक दिवाकार खानल लागयतको उपस्थित थियो ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed