विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

रोटर्याक्ट क्लब अफ काठमाडौं द्वारा सात दिने तालिम सम्पन्न

सिम्रौन्गढ़ नपा psa

काठमाण्डौ।

रोटर्याक्ट क्लब अफ काठमाडौं द्वारा जुन ५ देखि जुन ११ सम्म संचालित एक हप्ता लामो ‘पब्लिक स्पिकिंग तालिम’ रोटरी हल, थापाथलीमा सम्पन्न भएको छ। रुपान्तर इन्टरनेसनलको सहकार्यमा गरिएको उक्त तालिम कान्तिपुर टेलिभिजनकर्मी तथा रुपान्तर इन्टरनेसनलका संस्थापक रुपेश श्रेष्ठ र रुपान्तर इन्टरनेसनलका संयोजक रोशन केसीले दिनु भएको थियो।

karaiya holi 2082

सात दिनको तालिम अवधिमा ‘पब्लिक स्पिकिंग के हो?’, ‘पब्लिक स्पिकिंगको तयारी कसरी गर्ने, ‘पब्लिक स्पिकिंगको बेला के कुरामा ध्यान दिनुपर्छ?, ‘पब्लिक स्पिकिंगलाई कसरी प्रभावकारी बनाउन सकिन्छ, भन्ने कुरामा केन्द्रित रहेर निरन्तर अभ्यास सहित तालिम संचालन भएको थियो। ३० जना सहभागीको उपस्थिति रहेको थियो।

Prasauni holi 2082

उक्त तालिम रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२, रोटरी बर्ष २०२२-२३ का लागि डिस्ट्रिक्ट सेक्रेटरी रोटरियन अमित गिरिको उपस्थितिमा प्रमाणपत्र वितरण गरि सफलतापुर्वक कार्यक्रम सम्पन्न गरिएको कुरा रोटर्याक्ट क्लब अफ काठमाडौंका पुर्व अध्यक्ष रो. लोक राज पाण्डेयले जानकारी गराउनु भयो। समापन कार्यक्रमकै क्रममा सहभागीहरुमध्ये बाट एक जनालाई उत्कृस्ट सहभागी घोषित गरिएको थियो जसमा अपरा न्यौपानेले उक्त अवार्ड पाउनु भएको थियो।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed