CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

साहले मांगे जनप्रतिनिधिको सम्पत्ति विवरण

फेटा GP PSA
532
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

नेकपा मावोबादी केन्द्र कलैया उप-महानगरपालिकाका अध्यक्ष मुकेश साहले नव निर्वाचित जनप्रतिनिधिहरु संग सम्पत्ति विवरणको मांग गरेका छन्। हाम्रो देश नेपाल लामो संघर्ष जनयुद्ध , जनआन्दोलन, मधेस आन्दोलन बाट देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको बारे हामी सबैमा सर्वविदित छ। गणतन्त्र स्थापना पश्चात् हाम्रो देशमा दोस्रो पल्ट स्थानीय निर्वाचन सम्पन्न भएकोछ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

निर्वाचित सम्पुर्ण जनप्रतिनिधि लाई हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै विभिन्न मांग सहितको ज्ञापन पत्र बुझाएका छन्। हाम्रो पालिका जनताको सेवा सुबिधा उपलब्ध गराउनु भन्दा जनता लाई आज सम्म राहत महसुस नभएको भन्दै ज्ञापनपत्र बुझाएका छन्। हाम्रो जनप्रतिनिधि जनताको सेवक भएर काम गर्नुको सट्टा मालिक भएर व्यापक आर्थिक अनियमितता पलाएको महसुस गरेका छन् भने ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

त्यसकारण हाम्रो नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कलैया उपमहानगरपालिका कमिटिले उप-महानगरपालिका लाई निर्वाचन सम्पन्न पछिलो कार्यकालको सुरुवात मै केही सुझाव सहितको पालिका संग मांग राखेका छन्।

१. यस कलैया उपमहानगरपालिकाका जनप्रतिनिधि बाट आम नगरवासी खुसी नभएको जनतामा निरासा छाएकोछ,जनप्रतिनिधि आर्थिक रुपमा मोटाउदै गएको आम नगरबासीको गुनासो सुन्दै आएको हामी सबैलाइ अवगतनैछ तसर्थ सम्पुर्ण निर्वाचित जनप्रतिनिधिहरु यथाशिघ्र आफनो सम्पुर्ण सम्पत्ति विवरण आम नगरवासीमा सार्बजनिक गर्न माग गर्दछौ।

२.हाम्रो देशमा राणा शासन,राजतन्त्र हटाउन ठूलो त्याग र बलिदानी आम नेपाली जनताले गरेकाछन,हाम्रो देशमा जनयुद्ध ,जनआन्दोलन मधेस आन्दोलनबाट संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको हामिलाइ सर्बबिदितैछ,गणतन्त्र स्थापन पश्चात् हाम्रो देशमा दुई पल्ट स्थानीय निर्वाचन सम्पन्न भएकोछ तर निर्वाचित जनप्रतिनिधिहरुलाइ हाम्रो देशको राष्ट्रियगान गाउन नआएको आम समाचारबाट सुनेर हेरेर हामी आफैमा लज्जित भएकाछौ तसर्थ यस कलैया उपमहानगरपालिकाले बजेट विनियोजन गरि सम्पुर्ण निर्वाचित जनप्रतिनिधिहरु लाइ तालिम संचालन गरि राष्ट्रियगान, गाउन र लेख्न सिकाउन माग गर्दछौ।

३.स्थानीय निर्वाचनमा सम्पुर्ण उमेदवारहरु जनतालाइ सम्पुर्ण सेवा तपाईंको घरमा ल्याएर दिन्छु भनेर भोट माग्ने गर्दछन तर निर्वाचित भए पछि कुनै किसिमको सेवा जनताको घर पुग्दैन तसर्थ यस कलैया उपमहानगरपालिकाले बृद भता लगायत सम्पुर्ण समाजिक सुरक्षा भता जनताको घरघरमा पुर्यान माग गर्दछौ। ज्ञापन पत्र बुझाउने कार्यक्रममा कार्यक्रममा कलैया उपाध्यक्ष रमेश साह, सुनिल कुश्वाहा,आबिद हुसैन अंसारि सचिव बिक्रम साह, परमान्न्द कुश्वाहा, अनेरास्ववियु (कान्तिकारी) का जिल्ला अध्यक्ष संदिप यादव, कलैया उपमहानगर पालिका योङ कम्युनिस्ट लिग नगर अध्यक्ष समिबाबू अख्तर, राजेश्वर कुश्वाहा, सोनालाल साह, राज खान, रियाजुल इस्लाम, मंदिप यादव लगायतको उपस्थिति रहेकोे थियोे ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश