विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

विराटनगरमा बृहत मधेशी नागरिक समाज द्वारा सञ्चारकर्मी तथा जनप्रतिनिधि लाई सम्मान

सिम्रौन्गढ़ नपा psa

विराटनगर।

बृहत मधेशी नागरिक समाज केन्द्रिय कार्यालय विराटनगरले स्थापना भएको ८ औंं दिवसको अवसरमा जनप्रतिनिधि तथा सञ्चारकर्मी लाई सम्मान गरेका छन्। विराटनगर महानगरपालिका नव निर्वाचित स्थानीयतहका जनप्रतिनिधी तथा पत्रकारहरु लाई सम्मान गरेका छन् । स्थानीयत तहका नव निर्वाचित जनप्रतिनिधी नागरिक प्रति जिममेवारी र नागरिक समाजको भूमिका विषयको अन्तरक्रिया कार्यक्रममा बधाई तथा शुभकामना एवं सम्मान गरेका छन्। कार्यक्रमका प्रमुख अतिथी प्राध्यापक, बुद्धीजीवी, समाजसेवी राजेन्द्र प्रसाद गुप्ताले फूलको विरुवामा पानीहालेर समुद्घाटन गर्नु भएको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

नेपालको लोकतान्त्रिक आन्दोल, मधेश आन्दोलन लगायतको आन्दोलनमा दर्जनौले शहादत्त प्राप्त गरेपछि लेखिएको २०७२ को संविधानमा अहिलेपनि विभेद रहकोले त्यस्ता विभेद हटाउन सवै राजनितिक दलहरु एक जुट भई हटाउन पर्ने धारणा व्यक्त गर्दै संघियताकाको पहिलो स्कुल स्थानीय तह भएकोले त्यसलाई बलियो बनाउनु पर्नेमा जोड दिनु भयो । स्थानीय तहका जनप्रतिनिधीहरु लाई सफलताको कामना गर्दै विजय भएका उम्मेदवारहरुले पार्टी भन्दा माथि उठेर जनताको जनचहाना अनुसार काम गर्न आग्रह गरेका थिए ।

सोही अवसरमा वृहत मधेशी नागरिक समाजका महासचिव हिरालाल साहले समाजका अवधारणा पत्र वाचन गरेका थिए। सो अवधारण पत्रमा विषेश छलफल समेत भएको थियो । उक्त कार्यक्रममा उपस्थित भएका विराटनगर महानगर पालिका वडा नं. १० का वडा अध्यक्ष अर्जुन गिरी, वडा नं. ११ का वडा अध्यक्ष तिर्थेन्द्र न्यौपाने, वडा नं. १२ का सदस्य कुशेश्वर राजवंशी, वडा नं. १३ का सुर्य लाल यादव, १८ का अध्यक्ष जितेन्द्र कुमार साह, वडा नं. १९ का वडा अध्यक्ष श्याम घिमिरे लगायतलाई फूलमाला लगाई सम्मानपत्रले प्रमुख अथिती र बृहत मधेशी नागरिक समाजका अध्यक्ष सुर्यनाथ प्रसाद सिंहले सम्मान गरेका थिए ।

सोही अवसरमा भारत विहारको र अररियाका ज्योतिष झा, द संगम प्रिया, मनिष कुमार, रणवीर जी, डा. सुस्मिता ठाकुर भाजापा महिला नगर अध्यक्ष अररिया र नेपाल भारत सस्कृतिक मंचका अध्यक्ष राजेश कुमार शर्मा, प्राध्यापक परशुराम भगत, नेपाल पत्रकार महासंघ मोरंग शाखाका सदस्य तथा रंणभूमि अनलाईका पवन विक्रम शाह, समाजिक अभियन्ता मंजु मण्डल, प्रमुख अतिथीलाई सम्मान उपहार प्रदान गरिएको थियो । सो कार्यक्रम बृहत मधेशी नागरिक समाजका केन्द्रिय अध्यक्ष सुर्यनाथ प्रसाद सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed