विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

शिक्षा स्वास्थ्य कृषि लगायतका कुरामा बढीजोड : आदर्श कोतवाल

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

बाराको आदर्श कोतवाल गाउँपालिकाको ९औं गाउँ सभा सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष जवाहर साहको अध्यक्षता तथा नेपाली कांग्रेसका मधेस प्रदेशका उपसभापति चन्द्रशेखर यादवको प्रमुख आतिथ्यतामा एवं उपाध्यक्ष रिमा देवी र प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार साहको विशिष्ट आतिथ्यतामा सभा गरिएको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

गाउँपालिका उपाध्यक्ष रिमा देवीको आदेशानुसार गाउँपालिकाको कर्मचारी हृदयराज यादवले आर्थिक बर्ष ०७९/०८०को नीति कार्यक्रम र बजेट सर्वाजनिक गरेको थियो । गाउँपालिकाले अगामी आर्थिक बर्षका लागि चालू तर्फ २९ करोड ४१ लाख ४३ हजार र पुजिगत तर्फ १६ करोड ८५ लाख ५८ हजार गरि जम्मा ३९ करोड ७७ लाख १ हजार को नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । सभामा विभिन्न बक्ताहरुले आ-आफ्नो धारणा राखे क्रममा शिक्षा स्वास्थ्य कृषि लगायतका कुरामा बढीजोड दिएका थिए। त्यस्तै कर्मचारीहरुले आफ्नो जिम्मेवारी लाइ जिम्मेवारी नबुझी जनताको काम लाई अटेरी गरेको बारे अधिकांस गुनासो गरिएको थियो ।

उक्त कार्यक्रममा गाउँपालिकाका वाडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु ,योजना प्रमुख बलिराम प्रसाद यादव, लेखा प्रमुख सुबोध कुशवाहा, समाजसेवी सुरक्षाकर्मी, पत्रकार लगायत स्थानीयवासीहरुको विशेष उपस्थित रहेको थियोे । उक्त कार्यक्रममा स्वागत मन्तव्य गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार साहले गरेको थियोे भने कार्यक्रम संचालन गाउँपालिकाका प्रशासन अधिकृत सुनिल बिक्रम थापाले गरेका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed