विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

ठुल ठुला पावर ट्रान्सर्फमरहरु जल्दा पनि प्राधिकरणको ब्यवस्थापन मौन

सिम्रौन्गढ़ नपा psa

ढलकेवर।

ढल्केवर ग्रीड शाखामा मिति २०७८-श्रावण ६ गते ३० MVA; १३२/३३ किलो भोल्टको ट्रान्सर्फमर अप्रत्याशित रुपले नर्मल लोडिङको अवस्थामा ज्ल्यो ; त्यतीबेला प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्र देब शाक्य रहेका थिए । कार्यकारी निर्देश्क पदकै अन्योल्ताको बिच ढल्केवर ग्रीड शाखामा करोडौ मुल्यको पावर ट्रान्सर्फमर जल्दा ब्यवस्थापन पक्षबाट खासै खोज बिन र अनुसन्धानको बिषय नबनाएर मौन बसेका छन्।

फेरि मिति २०७९-असार ११ गते ढल्केवर ग्रीड शाखा अन्तर्गतकै लाहान सव स्टेशनमा जडान भएको लाखौ उपभोक्ता माझ बिधुत पुर्याईरहेको १३२/३३ किलो भोल्टको ६३ MVA को पावर ट्रान्सर्फमर जलेको छ। उक्त ट्रान्सर्फमर जल्नु भनेको हाम्रो टोल छिमेकमा जडान भएको १०० KVA क्षमताको ६३० ओटा बराबर क्षमताको ट्रान्सर्फमर एकसाथ जल्नु हो, जुन लगभग ४०-४५ करोडको हुन आउँछ। हुन त अहिले ट्रान्सर्फमर जल्दा नेपाल बिधुत प्राधिकरणको कार्यकारी निर्देश्क कुलमान घिसिङ हुनुहुन्छ। कार्यकारि निर्देशक फेरिएको छ, यस्को खोजबिन र कारबाही के कसरी हुन्छ, हेर्न बाकी रहेको छ ।

Prasauni holi 2082

उतिबेला ३० MVA; १३२/३३ किलो भोल्टको पावर ट्रान्सर्फमर जल्दा पनि शाखा प्रमुख ई राजिव कुमार शर्मा नै थिए भन्ने अहिले पनि ६३ MVA; १३३/३३ किलो भोल्टको पावर ट्रान्सर्फमर जल्दा पनि सव स्टेशनको निगरानी तथा शाखा प्रमुख ई. राजिव कुमार शर्माले नै गरिरहेका छन् ।

karaiya holi 2082

हाई भोल्टेज सवस्टेशनमा पावर ट्रान्सर्फमर जल्नु भनेको यसलाई समान्य मानिदैन ;यस्मा अरु समान्य बितरण ट्रान्सर्फमरहरु ( हाम्रो टोल छिमेकमा जडान भएको ट्रान्सर्फमर ) भन्दा बिशिस्ट श्रेणीको सुरक्षा उपकरण ; एलार्म ; ईन्डिकेशन ईत्यादी ; दुई – दुई पटक जडान गरिएको हुन्छ ; ट्रान्सर्फमर जल्नुको मुख्य कारण ती सुरक्षा उपकरणहरु ओपरेट नहुनु हो । ईन्डीकेशन नदेखाउनु हो, वा जानि जानी फल्ट देखाए पनि फल्टलाइनमा ट्रान्सर्फमर लाई पटक-पटक चलाउनु हो । यो सबै तथय सव स्टेशन मर्मत सम्भार र सेडुल मेन्टेनेन्स सङ संबंधित रहेको छ ।

समयमा स्व स्टेशनको मर्मत सम्भार नहुनु, प्रोटेक्टिभ ईक्युपमेण्ट्को समय समयमा ईन्स्पेक्सन नहुनु , त्याहा जडान भएका सामाग्रीहरु, ट्रान्सर्फमा भएको तेल, अर्थिङ ईत्यादी समय समय मा जेकजाँच नहुनु हो । त्यसको जिम्मेवारी सम्बन्धित ग्रीड प्रमुख तथा बिभाग लाई प्राधिकरण को ब्यवस्थापनले दिएको हुन्छ ।

समान्य एउटा बितरण केन्द्र अन्तर्गतको एउटा 100 के भि ए को ट्रान्सर्फमर जल्दा; 40-50 घरधुरीलाई बिधुत आपूर्तिमा बन्द हुदा संबंधित प्रादेशिक कार्यलय तथा विभागबाट पटक पटक निगरानि तथा निरीक्षन गरिन्छ ; कार्यलय प्रमुखहरुलाई पनि अप्रत्याशित रुपले ट्रान्सर्फमरहरु जल्दा अर्को कार्यकाल प्रमुखको रुपमा असुरक्षित बन्दै गएको देखिन्छ तथा वार्निङ पाईरहेको हुन्छ ।

तर त्यस भन्दा हजारौ गुना वढी क्षमताको ट्रान्सर्फमर; लाखौ उपभोक्ताको बिधुत आपूर्ति बन्द तथा समस्या ; सैयौ कलकरखाना; स – साना उधोग र बितरण सव स्टेशनहरुमा बिधुत आपूर्ति बन्द हुदा प्राधिकरणले आउदा भविष्यमा यस्तो कमि कमजोरि नहुन ; समयमै सेडुल मर्मत सम्भार; ईन्स्पेकशनको कार्यहरु गर्न र संबंधित शाखाप्रमुखलाई कारवाही गर्न के कस्ता कदमहरु तय गर्ला त्यो हेर्न बाकी छ ।

यस सन्दर्भमा शाखा प्रमुख ई. राजिव कुमार शर्मा संग बुझ्दा हामीले गर्ने सावधानी अपनाएकै हो, तर विभागले चासो नदिएको बताए। प्राधिकरणका सूचना अधिकारी सुरेश भट्टराई संग बुझ्न खोज्दा प्राविधिक संग बुझ्न लाई भन्दै पन्छिएका थिए।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed