विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

डा.शर्माद्वारा क्यान्सर पीडितलाई सहयोग

सिम्रौन्गढ़ नपा psa

बिराटनगर । नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले क्यान्सरपीडित बिरामीलाई आर्थिक सहयोग गरेको छ । मोरङको बेलबारी–१ की क्यान्सरपीडित बिष्णुमायाँ धिमालको उपचारका लागि डा. शर्माले ५० हजार रकम प्रदान गरेका हुन् ।
सो सहयोग प्रदान गर्न आयोजित कार्यक्रममा डा. शर्माले बिरामी धिमाललाई नगद प्रदान गरी स्वास्थ्य लाभको कामना गर्दै आर्थिक अभावले उपचारमा समस्या झेल्दै आएकी बिरामी धिमाललाई सहयोग रकम हस्तान्तरण गर्न डा. शर्मा उनको घरैमा पुगेका थिए । यसअघि डा. शर्माले आगोले डढेकी बेलबारी–२ लालभित्तीकी कुमारी ऋषिदेब र मृगौलापीडित बेलबारी–४ की सरस्वती गुरुङको उपचारका लागि एक÷एक लाख रकम प्रदान गरेका थिए ।
त्यस्तै सु्न्दरहरैंचाकी क्यान्सरपीडित नन्दकुमारी मगर र तातोपानीले पोलेर घाईते भएकी बेलबारीकी सुकमायाँ राईको उपचारका लागि पनि डा. शर्माले जनही एक÷एक लाख सहयोग गरेका थिए । डा.शर्माले गरिब तथा असहाय बिरामीलाई आर्थिक सहयोग गर्नुका साथै बिपन्न बिरामीलाई निःशुल्क उपचार गराउ“दै आएका छन् ।
हजारौं गरिब तथा बिपन्न बिरामीलाई निःशुल्क उपचार गराईसकेका डा.शर्माले यो क्रमलाई निरन्तरता दिईरहेका छन् ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed