विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

मानव कल्याणका लागि जनजागरण अभियान कमिटी गठन

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

मानव कल्याणका लागि जनजागरण अभियान कमिटी गठन गरिएको छ। समाजमा विद्धमान रहेका कुरिती अन्तरगत भ्रष्टाचार, अनियमितता तथा अनावश्यक रूपमा सर्वसाधारण माथि हुने गरेको अन्याय विरुद्ध खरो र दरो रुपले खडा भइ मानव कल्याणका लागि कार्य गर्ने उद्देश्यले कमिटी गठन गरिएको कमिटीका अध्यक्ष आत्माराम साहले बताए।

karaiya holi 2082

बारा जिल्लाको कलैया उप-महानगरापालिका स्थित उपाध्यक्ष रौनियारको निजि निवासको सभा हलमा कमिटी गठन गरिएको हो। समाजमा हालको अवस्थामा मानव संग मानवीय व्यवहार संकुचित भएर हराउँदै गएको कुराले समाज अक्रान्त बन्न पुगेको कुरा लाई न्यूनीकरण गर्ने उदेश्यका साथ सबै सर्वसाधारण लाई स्वस्थ राख्न सबैको सहयोग अपरिहार्य रहेकोे अध्यक्ष साहले बताए।

Prasauni holi 2082

यो कमिटीले कुनै राजनीतिक भावना बाट ग्रसित नभएर दलगत स्तर बाट माथि उठेर मात्र मानव कल्याणका लागि कार्य गर्ने अध्यक्ष साहले बताए। कुनै ठाउँमा कसै माथी कसैले अन्याय गरेको छ भने हामी लाई जानकारी हुनासाथ हामी तत्काल त्यस्ता कुरा लाई जुनसुकै हालतमा पनि वास्तविक कुरा लाई सत्यापित गरि न्यायको पक्षमा लड्ने अध्यक्ष साहले बताए।

साहको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरिएको हो। उपाध्यक्ष पदमा राजेश रौनियार र सुशील यादव रहेका छन् भने सचिव पदमा पुरुषोत्तम साह र सह सचिवमा ई. प्रमोद कुमार यादव तथा शनि गुप्ता रहेका छन् । त्यस्तै कोषाध्यक्ष पदमा कमरुल हक तथा प्रवक्ता अनिल वर्मा एवं सदस्यमा विनय राज शर्मा, इन्जाद अंसारी, बृजकिशोर पाण्डे, प्रवीण पटेल, राजेश पंडित, संभु साह, किरण गुप्ता, ई. धिरज कुआर साह लगायतका रहेका छन् ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed