विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कृष्णनगरमा झोला तथा जुत्ता चप्पल बनाउने १५ दिने तालिम सहित प्रविधि हस्तान्तरण

सिम्रौन्गढ़ नपा psa

कृष्णनगर।

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ६ वडा कार्यालयको भवनमा झोला तथा जुत्ता चप्पल बनाउने पन्द्रह दिने तालिम समापन सहित प्रविधि हस्तान्तरण गरिएको छ l ” सिप सिकौ आत्मनिर्भर बनौ” भन्ने मूल नाराका साथ
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत कृष्णनगर नगरपालिकाको आयोजना तथ नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मंत्रालयको सहयोगमा कार्यक्रम संचालन गरिएको थियोl

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

उक्त समापन कार्यक्रमको अध्यक्षता कृष्णनगर नगरपालिका वडा नं ६ का वडाध्यक्ष जाबेद आलम खा, वडा सचिव अनवार अहमद खां, लगायत अन्यको उपस्थित मा कार्यक्रम समापन गरिएको थियोl झोला बनाउने तालिममा १६ जनाको सहभागिता रहेको थियो र झोला बनाउने १६ वटा मेसिन तथा जुत्ता चप्पल बनाउने पन्द्रह दिने तालिममा १६ जनाको सहभागिता रहेको थियो र ४ वटा मेसिन वितरण गरिएको थियोl
झोला बनाउने तालिमको प्रशिक्षकमा कमला राना तथा जुत्ता चप्पल बनाउने तालिमको प्रशिक्षकमा ज्योति पुन रहनुभयोl

झोला तथा जुत्ता चप्पल बनाउने पन्द्रह दिने तालिम समापन सहित प्रविधि हस्तान्तरण कार्यक्रममा कार्यक्रम संचालन विनिता केसीले गरिन l समापन कार्यक्रममा अन्य व्यवस्थापनको भूमिका चेतना बुढाथोकीको रहेको थियोl

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed