विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पत्रकार टेमानीले बुबाको स्मृतिमा देवकीलाल धर्मशालामा गरे वृक्षारोपन

सिम्रौन्गढ़ नपा psa

सिकेन्द्र पासवान, कलैया, बारा

Karaiya Mai Notice Winter

पत्रकार रतनलाल टेमानीले आफनो बुबा रामदयाल टेमानी र गुरुहरुको स्मृतिमा कलैया स्थित देवकीलाल धर्मशालामा वृक्षारोपन गरेका छन । बरिष्ठ पत्रकार सत्यप्रसाद श्रेष्ठ, बारा नागरिक समाजको अध्यक्ष उमेशलाल दास र टेमानीले संयुक्त रुपमा धर्मशालाका संचालक चन्द्रशेखर कुमार अग्रवाल लाई बिरुवा हस्तनान्त्रण गरेका थिए । त्यसपछि अग्रवालले पिपल, अशोक, आप, निम, सफेता, रुद्राक्ष लगायतका बिरुवाहरु धर्मशाला परिसरमा रोपेका छन । पत्रकार टेमानीको बुबा २०२८ सालमा स्वर्गरोहन भएपछि सोहि बेला देखि उनको स्मृतिमा वृक्षारोपन गर्दै आएको जनाकारी दिएका थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

श्रावन महिना भरीमा बिभिन्न जातका ५ सय बिरुवाहरु जिल्लाको बिभिन्न ठाँउमा रोप्ने कार्यक्रम रहेको छ । अहिले सम्म ११ हजार २ सय बिरुवा रोपिसकेको पत्रकार टेमानीले जानकारी गराए । बाराको श्री ३ चन्द्र माबि, दुर्गा माबि, जनहित पूस्तकालय, पशुपति पुस्तकालय, रामजानकी मन्दिर, जिल्लाका बिभिन्न सरकारी कार्यालयहरुमा, मकवानपुरको भिमफेदी, काठमाडौको पशुपतिनाथ मन्दिर, नेपाल टेलिभिजन सिह दरवारको परिसरमा समेत वृक्षारोपन गरिसकेको टेमानीले जानकारी दिए । आफु बाचुनजेल्ल सम्म प्रत्येक बर्ष आफनो क्षमताले भ्याए सम्म बुबाको स्मृतिमा बृक्षारोपन गरिरहने बताए । रोपिएको बिरुवाहरु ठुला ठुला भईसकेको उनले भने ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed