विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नागरिकता विधेयक बहुमतले पारित हुने भएको खुशीमा लोसपा नेपाल द्वारा दिप प्रज्वलन

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

नागरिकता विधेयक बहुमतले पारित हुने भएको खुशीमा लोसपा नेपाल द्वारा द्विप प्रज्वलन गरेका छन्। आज साझमा बारा जिल्लाको सदरमुकाम कलैयाको भरत चौकमा जिल्ला उपाध्यक्ष सन्तोष पटेलको अध्यक्षता तथा पार्टीका केन्द्रिय सदस्य डा. कमरुल्लाह अंसारी, श्याम गुप्ता, युवा नेता महम्मद फिरोज लगायतको विशेष उपस्थितिमा दिप प्रज्वलन गरेका छन्। लोसपा नेपालको विषेश पहलमा विधेयक बहुमतले पारित गर्न लागेका सम्पुर्ण सांसदहरु लाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

प्रतिनिधिसभाले २०७२ साल असोज ३ भन्दाअघि जन्मका आधारमा नागरिकता लिएका बाबु र आमाका सन्तानले अब वंशजका आधारमा नागरिकता पाउने बाटो खुला गरेको छ । संविधान जारी भएपछि त्यसअनुसार नागरिकता कानुन संशोधन नभएका कारण नागरिकता पाउन बञ्चितहरुले अब नागरिकता पाउने भएका छन् । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले विधेयक पारित गरेको विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएपछि यो कानुन कार्यान्वयनमा आउने छ ।

Karaiya Mai Notice Winter

पारित विधेयकमा ०७२ असोज ३ भन्दा अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर सोह्र वर्ष पूरा भएपछि वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ ।’ शुक्रबार पारित विधेयकले नेपाली नागरिकको परिभाषालाई फराकिलो पारेको छ । ‘नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमाको पत्ता नलागेसम्म वंशजको नाताले नेपालको नागरिक मानिने’ व्याख्या विधेयकमा छ ।

दिप प्रज्वलनमा प्रदेश सदस्य उमराउति देवी साह, महिला नेत्री पिंकी यादव, जिल्ला सचिव रामबाबु सोनल, अनिल साह,रमेश पटेल, गोपाल ठाकुर, द्वारिका प्रशाद यादव, रमेश सर्राफ  खुर्सेद आलम, सिवपुजन पण्डित, क्षेत्र ३का क्षेत्रीय अध्यक्ष ताहिर मन्सुर लगायतका नेताकार्यकर्ताहरुको सहभागिता रहेको थियो।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed