विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

मेशिन विग्रेको कारण विरामीहरु मर्कामा

सिम्रौन्गढ़ नपा psa

श्रवण साह, वीरगन्ज (पर्सा) ।।  नारायणी अस्पतालमा थाइराइड चेकजाँच गर्ने किलिया मेशिन विग्रेको कारण विरामीहरु मर्कामा परेका छन् । नारायणी अस्पतालमा आएका विरामीहरुलाई थाइराइड, हार्मोन, ट्युमर मार्कर चेक जाँच गर्न चिकित्सकहरुले भनेपछि यि सबै चेकजाँच गर्ने मेशिन ‘किलिया मेशिन’ विग्रेर प्रयोगशालामा थन्केको कारण सेवाग्राहीहरुलाई चेकजाँचमा समस्या भइरहेको छ । चेक जाँच हुन नसकेको कारण विरामीहरु चर्को शुल्क तिरेर बाहिर बाट चेकजाँच गराउन बाध्य रहेको विरामीहरुको भनाई छ ।

अस्पतालमा आउने विरामीहरुको चेकजाँचको सुविधालाई मध्यनजर गरि २०७३ चैत २६ गते कर सहित ४ लाख ५२ हजारमा हेटौडा स्थित अनुज सर्जिकल सप्लायर्सबाट खरिन नियमावली ऐन प्रक्रिया पुरा गरि मेशिन खरिद गरि अस्पतालमा ल्याई संचालन गरि रहेको अवस्थामा २०७५ पुसको अन्तिम सातामा आएर मेशिन विग्रेपछि विरामीहरुको चेकजाँचमा कठिनाई भएको थियो । मेशिन विग्रेपछि अस्पतालमा आउने विरामीहरुलाई थाइराड, हार्मोन, ट्युमर मार्कर लगायतका चेकजाँचहरु हुन नसकेपछि बाध्य भएर विरामीहरु बाहिर निजी प्रयोगशाला (ल्याब) बाट चर्को शुल्क तिरी चेकजाँच गराउनुपर्ने बाध्यता थियो ।

karaiya holi 2082

त्यस पश्चात अस्पतालका मेडिकल सुपरिटेण्ड डा. ऐनामुल हकको पहलमा २०७५ फागुनको पहिलो सातामा मेशिन खरिद गरिएको सप्लायर्सलाई मेशिन बनाउन दिएकोमा केही दिन लाग्ने भनेपछि अस्पतालले त्यही सप्लायर्ससँग मेशिन नबनेसम्म अर्को मेशिन माग गरि अस्पतालमा ल्याएर सेवा दिइरहेकोमा केही विवादको कारण संचालित मेशिनलाई सप्लायर्सले फिर्ता लिई विग्रेको मेशिनलाई अस्पतालमा पठाएपछि सेवा प्रभावित भएको छ । विगत केही दिनदेखि मेशिनको विषयलाई लिएर विवाद बढेपछि सप्लायर्सले विना कारण आफ्नो सप्लायर्स बद्नाम भएको भन्दै विग्रेको मेशिनलाई विग्रेकै अवस्थामा फिर्ता गरेको कारण सेवा प्रभावित भएको अस्पतालका मेडिकल सुपरिटेण्ड डा. ऐनामुल हकको भनाई छ ।

Prasauni holi 2082

उनले डेढ दुई वर्षदेखि संचालित थाइराइड चेकजाँच गर्ने मेशिन विग्रेपछि विरामीहरुको चेकजाँचमा उत्पन्न भएको समस्यालाई मध्यनजर गर्दै मेशिन किनिएको सप्लायर्सलाई बनाउन दिई त्यसको साटो निःशुल्क अन्य मेशिन ल्याई मेशिन नबनुन्जेल प्रयोग गरि विरामीहरुलाई सेवा दिई रहेको अवस्थामा बद्नियत तरिकाबाट आफूमाथि मेशिन चोरीको सञ्चार माध्यमबाट आरोप लगाइएपछि बनाउनका लागि दिइएको मेशिनलाई पुनः फिर्ता ल्याइएको र सप्लायर्सले पनि अबदेखि अस्पतालको कुनै किसिमको कारोबार पनि आफुसँग नगर्न भनेर भनेपछि मेशिन फिर्ता ल्याएर प्रयोगशालामा राखिएको मेसु हकको भनाई छ ।

विग्रेको मेशिनको कारण दैनिक २० देखि २५ जना थाइराइड, हार्मोन, ट्युमर मार्कर चेकजाँच गराउने विरामीहरु समस्यामा परि रहेको भन्दै अब हामी पुनः प्रक्रियामा गई अर्को सप्लायर्स लाई सम्पर्क गरि मेशिन बनाउन दिने कार्यलाई अगाडि बढाउने बताए । अर्को सप्लायर्सलाई सम्पर्क गरि नयाँ प्रक्रियामा गई मेशिन बनाउने हो भने कम्तिमा २० देखि ३० दिनसम्म लाग्नेछ भने मेशिन नबनेसम्म अस्पतालमा आउने विरामीहरु बाहिर निजी प्रयोगशाला बाट चेकजाँच गराउनुपर्ने हुन्छ । यस मेशिनबाट हुने चेकजाँचको मूल्य नारायणी अस्पतालमा रु ६ सय पर्ने गर्छ भने निजी प्रयोगशालामा चेकजाँच गराउँदा १२ देखि १५ सय रुपैया पर्छ ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed