विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मतदाता नामावलीमा नाम दर्ता गर्न समयावधि बढाउन दलित समाजको मांग

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

मतदाता नामावलीमा नाम दर्ता गर्न समयावधि बढाउन राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय सचिव सिकेन्द्र पासवानको अध्यक्षतामा पत्रकार सम्मेलन गरिएको हो। राष्ट्रिय दलित पत्रकार संघ नेपाल बाराको सहकार्य, दलित सरोकार मंच सप्तरीको आयोजनामा बारा जिल्लाको कलैया स्थित दास गेष्ट हाउसको सभाकक्षमा मतदाता नामवलीमा नाम छुटेका ब्यक्तिहरुको नाम समावेश गर्नका लागी समय थप नभए विशेष गरि दलित पिछडिएकाहरुको नाम समावेश हुन नसक्ने भएको सरकार संग जोरदार मांग गरेका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

निर्वाचन आयोगले मंसिर ४ गते संघिय एवम प्रदेशको निर्वाचन गराउन समय सिमा दिएको भएपनि धेरै जनाको मतदाता नामावलीमा नाम समावेश हुन नसकेको भन्दै पत्रकार सम्मेलन गरी राष्ट्रिय दलित पत्रकार संघ नेपाल र दलित सरोकार मंच नेपाल सप्तरी माग गरेको छ।

मतदाता नामवली छुटेका दलित, महिला, जन्मसिद्ध नागरिकता भएका व्यक्ति, सिमान्तकृत समुदायका ब्यक्तिहरु लाई बढी भन्दा बढी कसरी सहभागिता गराउन सकिन्छ भने उदेश्यका साथ पत्रकार सम्मेलन गरि समय सिमा अझै थप गर्न माग गरिएको राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय सचिव सिकेन्द्र पासवानले जानकारी दिए ।

Karaiya Mai Notice Winter

निर्वाचन कार्यालय, ईलका प्रशासनहरुमा एक जना कर्मचारीको भरमा फारम भर्ने, रुजु गर्ने, फोटो खिच्ने जस्ता कामकाजले गर्दा भिडभाड बढी भई एक हप्ता सम्म पालो नै नपर्ने गरेका कारणले पनि मतदातामा ती बर्गहरुको नाम छुटन गएको सचिव पासवानले बताएका छन । निर्वाचित वडाअध्यक्ष , पालिका प्रमुखहरुले आफनो नजिकका ब्यक्तिहरु लाई काखी च्यापी मतदाता नामवालीमा नाम समावेश गराउनुको साथ साथै राजनितिक दलहरुको पहुँचको अधारमा समेत कामकाज भएको हुदापनि धेरै जनाको मतदाता नामवलीमा नाम छुटेको बताएका छन् ।

खेतीपातीको समय देखि शुरु भएको हुदा खेतीपातीमा समाहित भएको हुदा मतदाता अभियानमा गरिब, दलित समुदायका व्यक्तिहरुको नामवाली छुटेको छ । जन्मसिद्धका अधारमा १६ लाख संन्तानले बंशजको नागरिकता पाउने भएका छन । नागरिकता ऐन २०६३ का अनुसार ४९ जिल्लाका १ लाख ९० हजार ७ सय २६ जनालाई जन्मसिद्ध नागरिकता बाडिएको हुँदा समेत तिनीहरुको नाम मतदाता नामवलीमा समावेश नभएको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ पत्रकार एवम बारा नागरिक समाजका अध्यक्ष समेत रहेका उमेशलाल दासले दलितहरु लाई अहिले पनि बिभिन्न बहनामा बिभेद, शोषणमा पार्ने कामहरु भईरहेको हुदा अधिकारका लागि दलित समुदायहरु एकजुट भई अगाडी बढनुपर्ने धारणा व्यक्त गरेका थिए । पत्रकारितामा पनि दलित समुदायका व्यक्तिहरु निकै कम रहेको हुदा आफनो समाजको
उथ्थानका लागि पनि पत्रकारितामा दलित समुदायको सहभागिता बढाउनुपर्ने कुरामा जोड दिए । छुवाछुत अन्त्य गर्ने कानुन बन्यो, संविधानमा उलेख्य गरियो तर ब्यवहारमा लागु हुन नसकेको हुदा दलित समुदायका व्यक्तिहरु लाई झनै पिडा खेप्नु परीरहेको अध्यक्ष दासको भनाई रहेको थियो ।

कार्यक्रमको सहजीकरण राष्ट्रिय दलित पत्रकार संघ नेपाल बारा शाखाका सल्लाहकार पन्नालाल दासले गरेका थिए । भने पत्रकार सम्मेलनमा जिल्ला भरीका उलेख्य पत्रकारहरुको सहभागिता रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed