विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

परिवारको मायाले संसारको माया पाउन सकिन्छ : बोगटी

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

वास्तवमा घर परिवार समाज र गाउँ भनेको एउटा छुट्टै संजाल हो जुन हाम्रो जीवनमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ। तपाइको आफ्नो घरमा शान्ति छ, भने तपाइको घरबाहिर पनि शान्ति मिल्छ। यदि घरमा शान्ति छैन भने बाहिर पनि शान्ति पाउदैन। त्यसको कारण हेर्ने हो भने आफ्नो घरायसी तनावले तपाइको मस्तिष्कता लाई सिंगो तनावग्रस्त पारी दिनचर्या नै खराब पारेको हुन्छ। र तपाइले गरेको हरेक कार्य राम्रो तरिकाले हुन सकेको हुदैनन्। जसको फलस्वरूप अरु दिन पनि खराब हुन्छ र सानोतिनो द्वन्दका कारण पुलिस प्रशासन सम्म जाने अवस्था आएको हुन्छ। त्यस कारण हरेक व्यक्तिले आफ्नो घर परिवार लाई राम्ररी माया दिन र लिन सफल भयो भने समाजमा द्वन्द न्यूनीकरण हुन समय लाग्दैन भन्ने आफ्नो धारणा बोगटीले राखेका थिए। परिवारको मायाले संसारको माया पाउन सकिन्छ भन्ने प्रहरी प्रमुख बोगटीले आफ्नो धारणा राखेका थिए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

शुक्रबार बारा प्रहरी प्रमुख होबिन्द्र बोगटीले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि पारिवारिक सदभावको बारेमा चर्चा गर्दै सबै घटनाहरुको जडको बारेमा व्याख्या गरेका थिए। न्याय संपादन गर्नमा हुनेगरेको राजनीतिक दवावको बारेमा हामीले यस जिल्लामा कुनै प्रभाव नपार्ने आश्वासन बोगटीले दिएका हुन। पिडक र पीडित लाई छानबिन गरि दोषीलाई कुनै हालतमा उम्कन नदिने आश्वासन दिएका थिए। बारा जिल्लाको गतिविधि हेर्दा देरै बिकृतिहरु जस्तै अपराधिक गतिविधिमा लागेका तस्करहरु लाई समेत ठेगान लगाउने लक्ष्य रहेको बोगटीले बताए।

प्रहरी भित्र रहेका बिकृती विसंगति लाई न्यून गर्न र प्रहरीहरुको मनोबल बैज्ञानिक तरिकाले वृद्धि गर्न प्रहरीहरुको काम कर्तव्य बारेमा मुल्यांकन गरि “प्रहरी अफ द मन्थ” घोषणा गर्ने योजना राखेको समेत बोगटीले बताएका थिए। र कुनै प्रहरीले गलत गरेको प्रमाण फेला परे कार्यवाही गर्न समेत पछाडी नहट्ने बताए । प्रहरी कार्यालयमा हुनेगरेको बिचौलियाहरुको गतिविधि रहित बनाउने जस्ता प्रमुख कार्यहरु गरि कोहि नभए प्रहरी हुने भन्ने विश्वास स्थापना गर्ने बोगटीले बताए।

कार्यक्रममा पत्रकारहरुले आ-आफ्नो दुखेसो पोखेका थिए।पत्रकार भेटघाट कार्यक्रममा जिल्लाका क्रियाशिल पत्रकार हरुको सहभागिता रहेको थियोे भने कार्यक्रम सञ्चालन प्रहरी नायब उपरीक्षक राजेश थापाले गरेका थिए।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed