विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

शौर्य सिमेन्ट उद्योगको संचालककै निर्देशनमा सञ्चारकर्मीहरु माथि निर्घात कुटपिट

कर्जन्हा अस्पतालमा उपचार हुँदै

सिम्रौन्गढ़ नपा psa

सिरहा ।

सिरहाको मिर्चैया नगरपालिकामा सञ्चालित रहेको शौर्य सिमेन्ट उद्योगको संचालककै निर्देशनमा सञ्चारकर्मीहरु माथि प्रहरीहरु द्वारा निर्घात कुटपिट गरिएको छ। सिरहाको कर्जन्हामा रहेको रेडियो गंगाजलको समाचार वाचक चन्द्रदीप ठाकुर र सम्वाददाता अरबीन पासमान माथि निर्घात कुटपिट गरिएको हो । निर्घात कुटपिट पछि घाइते भएका सञ्चारकर्मीहरुको कर्जन्हा स्थित रहेको फुल कुमारी महतो मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। शौर्य सिमेन्ट उद्योगमा कन्ट्रयाक्टर मार्फत काम गर्ने स्थानिय मजदुरहरु श्रावण ३ गते देखि आन्दोलित भए पनि उनिहरुको आन्दोलनको वेवास्ता भएपछि रिपोर्टिङ्गका लागि शौर्या सिमेन्ट पुगेर उद्योग संचालक र मजदुर संग कुरा गर्न खोज्दा न्यूज बनाउन खोजेको ? भिडियो बनाउने, तलाई ठिक पार्छु भन्दै जथाभावी गाली गलौज गर्दै आफुहरु माथि लठ्ठी प्रहार प्रहरी द्वारा गरिएको समाचार वाचक चन्द्रदीप ठाकुरले जानकारी दिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

सञ्चारकर्मी ठाकुर र पासमानको पिठ्यूमा र हात खुट्टामा ठुलो डाम आउने गरि कुटपिट भएपछि अस्पतालमा उपचाररत रहेको छ । एक मजदुरका अनुसार हामी शान्तपुर्ण धर्नामा बसेको अवस्थामा हामी माथि प्रहरीहरुले ज्यादती गर्दै धर्ना बिथोल्न खोज्दै लठ्ठी प्रहार गर्दै धपाउन खोजेको र प्रहरीहरु उद्योग संचालकको सेटिङ्गमा कुटपिट गरेको आरोप लगाए ।

Karaiya Mai Notice Winter

हामीले लामो समय देखि आन्दोलनरत रहेका मजदुरहरुको कुरा सुन्नका लागि दुवै जनालाई आइडि कार्ड र सञ्चारकर्मीको परिचय झल्किने भेष्ट समेत लगाएको अवस्थामा रिपोर्टिङ्ग गर्न जादा यसरी सञ्चारकर्मी लाई नै कुटपिट गर्नु भनेको देशको चौथो अंग पनी सुरक्षित नरहेको रेडियो गंगाजलका प्रबन्ध निर्देशक तथा राष्ट्रिय दलित पत्रकार संघ शाखा कार्यालय सिरहाका अध्यक्ष सरोज कुमार पासमानले जानकारी दिए ।

यस घटनाको तुरन्त छानबिन हुनुपर्ने र दोसी प्रहरी माथि कानुन बमोजिम कारवाही हुनुपर्ने पासमानको भनाइ रहेको छ । सञ्चारकर्मीहरु माथि यसरी कुटपिट गर्नु दुखद भएको मिर्चैया नगरपालिकाको नगर प्रमुख श्रवण यादवले बताएका छन् । सञ्चारकर्मी र मजदुर लाई कुटेर आन्दोलनको समस्या समाधान गर्नुको साटो झन विवाद सृजना गर्न शौर्य सिमेन्टका संचालक लागि परेकोले यसको जवाफ समेत उसैले दिनुपर्ने मेयर यादवले बताए ।

यसै, घट्ना वारे जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त प्रवक्ता इन्सपेक्टर रामचन्द्र साह संग बुझ्न खोज्दा अवस्था नियन्त्रणमा लिनको लागि ३ राउण्ड आश्रुग्यास प्रहार भएको र सञ्चारकर्मीहरु माथि कुटपिट भएको घटना वारे जानकारी नरहेको बताउदै घट्नालाई लुकाउन खोजेको हो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed