CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

चाइनाले उइगर मुस्लिम लाई कष्ट दिरहेको:- प्रवक्ता पठान

फेटा GP PSA
434
सिम्रौन्गढ़ नपा psa

विजयनगर।

कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ दत्तपुरमा रहेको मदरसा अहले सुन्नत गौसीयाको प्राङ्गणमा राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपालको आयोजनामा इस्लामको महत्व तथा मुस्लिम समुदायको विश्वस्तरीय अवस्थाको बारेमा छलफल कार्यक्रम सम्पन्न भएको छl

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

कार्यक्रममा अतिकुर्रहमान शाहको अध्यक्षता, प्रमुख अतिथिमा राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपालका मौलाना मोहम्मद अकबर बरकाती, विशिष्ट अतिथिमा जसपा लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठान, राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपालका महासचिव मुपीकुर्रहमान अहमद तथा अतिथिमा मोहर्म पठान, हाजी मो. याकुब, मो. अमीन खां, शहाबुद्दीन मनिहार लगायत रहनुभयो l

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मौलाना मोहम्मद अकबर बरकातीले मुस्लिमहरू एक आपसमा एकता बनाई तथा सबै धर्मप्रति सम्मान राखि अगाडि बढ्नु पर्नेमा जोड दिए, कार्यक्रममा बोल्दै विशिष्ट अतिथि जसपा लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले नेपालमा मुस्लिम समुदाय प्रति सबैको सम्मान रहेको बताउदै सिरिया, अफगानिस्तानमा मुस्लिम समुदायको जीवन कष्टकर रहेको बताउदै चाइनाले मुस्लिम समुदाय (उइगर मुस्लिम) लाई धेरै कष्ट दिरहेको बताए l

कार्यक्रममा मुसिबत अलि खां, मो. सईद मनिहार, हाफिज वारिस अलि, मो. इकबाल खां, मो. इजाज खां, मो. शमी मियाँ, शकील शाह, जाहीद खां लगायत आठवटा जति मदरसाका अध्यक्ष तथा उलेमा लगायतको उपस्थित रहेको थियो l

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश