विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रदेश शभा सदस्यमा मिर्जा राशिद बेगको चर्चा

सिम्रौन्गढ़ नपा psa

कृष्णनगर।

सरकारले मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मिति तोकेसँगै नेताहरुले आ–आफ्नो निर्वाचन क्षेत्रमा दौडधुपमा सक्रिय भएका छन् । उनीहरुले आफुले गरेको काम र आउने दिनमा गर्ने कार्यसुची लिएर दौडधुपलाई तीव्रता दिएका छन् । यति बेला नेताहरुले आ–आफ्नो पार्टीका शीर्ष नेतालाई भेट्दै टिकट पाउनका लागि पहल सुरुगरेका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कपिलवस्तुको क्षेत्र नम्बर ३ को ‘ख’ बाट यस पाली प्रदेश सभाको निर्वाचनमा प्रदेश सदस्यको उम्मेदवारीका लागि नेकपा एमालेबाट युवा नेता मिर्जा राशिद बेगको सम्भावना देखिएको छ। मिर्जा बेगले स्थानीय चुनाव सकिएपछि निरन्तर जनताको बीचमा रही नेकपा एमालेलाई थप बलियो बनाउनका लागि सक्रियपुर्वक लागेका छन् ।

Karaiya Mai Notice Winter

स्थानीय तहको निर्वाचनमा कृष्णनगर नगरपालिकामा मेयर पदको उम्मेदवारी दिने पुर्ण तैयारीमा रहे पनि स्थानीय जिल्ला, प्रदेश तथा केन्द्रका शिर्ष नेताहरुको आग्रहमा उम्मेदवारी नदिएका बेगले प्रदेश सभाको निर्वाचनमा उम्मेदवारी दिने देखिएको छ । मंसिर ४ गते प्रदेश सभाको निर्वाचनमा क्षेत्र नम्बर ३ ‘ख’ बाट उम्मेदवारी दिने तैयारीमा रहेको मिर्जा राशिद बेगले बताए ।

मिर्जा राशिद बेग असल छबी तथा जनता माझमा लोकप्रिय हुदै जनताको सुख दुखमा साथ दिँदै आएका छन् । जनताको चाहना र इच्छा अनुसार नै आफु प्रदेश सभामा उठ्ने उनले बताए । स्थानीय जनताको भनाइ अनुसार यसपाली मिर्जा राशिद बेगलाई नेकपा एमाले पार्टीले टिकट दिनुपर्ने मागसमेत गरिरहेका छन् ।

नेकपा एमाले कृष्णानगर नगर कमिटी सचिवालय सदस्य तथा राष्ट्रिय युवा संघ नेपाल कृष्णनगरका नगर अध्यक्ष पदमा बसी नेकपा एमालेका लागि निरन्तर सात वर्षदेखि काम गर्दै राजनीतिक क्षेत्रमा सक्रिय हुँदै आएका छन् ।

स्थानीय निर्वाचनमा बेगलाई टिकट नदिए पनि मिर्जाले पार्टीको नीती, सिद्धान्त अनुसार नेकपा एमाले पार्टीका उम्मेदवारहरुको लागि घरदैलो गरि मत माग्नमा निकै सहयोग पुर्‍याएका छन् । उनलाई पार्टीले प्रदेश सभा निर्वाचनका लागि टिकट दिए जीत्ने प्रबल सम्भावना देखिएको स्थानीयले बताएका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed