विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

वीरगंजको मुर्लीमा निःशूल्क आँखा शिविर,१५२ जनाको आँखा परीक्षण

सिम्रौन्गढ़ नपा psa

वीरगंज, पर्सा ।

नेपाल हाम्रो एउटा अत्यन्त गरिब तथा अशिक्षित मुलुकहो जहाँ सर्वसाधारणले गरिबी तथा शिक्षाको अभावमा आफ्नो ज्यानमो सुरक्षा समेत गर्न नसक्ने अवस्था रहेको छ। अरु देशहरुमा जनता बाट उठाएका कर बापत जनतालाई त्यति बापत सेवा दिने कानुन रहेको तर हाम्रो नेपालमा जनता बाट उठाएको कर तथा अन्य देश बाट पाएको भिक्षामा पनि चोरी गर्ने चलन तथा शौक रहेको देश हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

हाम्रो देश नेपालमा नागरिकको हक सुनिश्चित गर्दै खाने बस्ने तथा शिक्षा र स्वास्थ्य बारे सेवा नि:शुल्क मौलिक हकरहेकोे उल्लेख भए तापनि सरकारले मुखदर्श्क रहेकोे छ। केही जसकारण सहयोगी हाथहरुले हाम्रा देशका निमुखा जनतालाई सहयोग गर्ने गरेको पाइन्छ।

सोही अनुरुप आफ्नो ज्यानको सुरक्षा गर्न असक्षम रहि आँखाका बिरामी भएकाहरु लाई नि:शुल्क उपचार गरिएको हो। वीरगंज महानगरपालिका वडा नम्बर १२ मुर्ली, हरिहर नाथ मन्दिरको धर्मसालामा आज निःशूल्क आँखा शिविर सम्पन्न भएको छ । ग्लोबल ईमरजीङ्ग लिडर र वीरगंज समुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।

शिविरमा १५२ जनाको आँखा परीक्षण गरिएकोमा २० जनामा मोतियाबिंद फेला परेको वीरगंज समुदायिक आँखा अस्पतालका मेडिकल संयोजक महेश सिंह धामीले जानकारी दिए । वीरगंज महानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष सुरेस प्रसाद गुप्ताको अध्यक्षतामा भएको शिविरमा वीरगंज सामुदायिक आँखा अस्पतालका मेडिकल संयोजक महेश सिंह धामी लगायतको टोलीले आँखा परीक्षण गरेको थियो । शिविरमा ग्लोबल ईमरजीङ्ग लिडरका अध्यक्ष राहुल पटेल लगायतका प्रतिनिधिहरुको उपस्थिति रहेको थीयो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed