विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सबै समुदाय लाई उर्स कार्यक्रममा सहभागी हुन सदस्य मिर्जाको आग्रह

सिम्रौन्गढ़ नपा psa

कृष्णनगर।

मुस्लिम आयोगका सदस्य माननीय मिर्जा अरशद बेगले कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नम्बर ३ लक्ष्मीनगरमा रहेको धर्मगुरु स्व. मुफ्ती अतिकुर्रहमान खा“ साहब (बाबा ए मिल्लत) को स्मरणमा गरिन लागेको उर्स कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गरेका छन्।कृष्णनगर नगरपालिका वडा नं ३ को लक्ष्मीनगरमा रहेको मदरसा अहले सुन्नत फैजे मुस्तफा अतिकियाको परिसर भित्र आगामी शुक्रवार बाबा ए मिल्लतको उर्स कार्यक्रममा विशेष कार्यक्रम आयोजना गरिंने जनाइएको हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

सदस्य बेगले उक्त कार्यक्रममा सहभागि भएर श्रद्धा बढाइदिन सबै धर्म र जात जातीका समुदायलाई आग्रह गरेका छन् । “यो मुस्लिम समुदायका व्यक्तिको मात्र खुसियाली होइन”, उनले भने, “जातीय र धार्मिक सद्भाव कायम गराउन उहा“को भूमिका भएकाले यो उर्स कार्यक्रममा सबै समुदायका व्यक्तिहरुलाई सहभागी भइदिन आग्रह गरेका छन् ।” प्रत्येक बर्षको हिजरी सम्बत्को मोहर्रम महिनाको २० तारिखका दिन उनको स्मरणमा “उर्स कार्यक्रम” मनाइने गरिन्छ ।

३९ औं स्मरण दिवसमा बेगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई, मुस्लिम आयोगका अध्यक्ष समिम मिया“ अन्सारी, लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकूद मन्त्री वसीउद्दीन खा“, भौतिक पूर्वाधार मन्त्री सहसराम यादव र पर्यटन ग्रामीण तथा सहरी विकास राज्यमन्त्री रिना नेपाल लगायत लाई आमन्त्रण गरिएको छ। उर्स कार्यक्रममा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र र प्रहरी प्रमुख एसपी प्रेमबहादुर बस्नेत लगायत कार्यालयका प्रमुख र राजनीतिक दलका प्रतिनिधिहरु लाई समेत आमन्त्रण गरिएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed