CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

दारु, मासु, र स्वार्थी पार्टी एवं पैसाको लोभ नछोडे सम्म समाज वा देश समृद्ध हुन सक्दैन : डा. अंसारी

फेटा GP PSA
571
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

स्वार्थी पार्टी र दारु, मासु, एवं पैसाको लोभ नछोडे सम्म समाज वा देश समृद्ध हुन सक्दैन भन्ने धारणा युवा नेता डा. अंसारीको रहेको छ। लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य डाक्टर कमरुल्लाह अंसारीले समजको भित्री गहिराई सम्म पुगेर औल्याउँदै समाजमा रहेका बेतिथिहरु बारे अवलोकन गरेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

हाम्रो समाजमा जनताले आफ्नो मतको मूल्य लाई कुनै वास्ता नगरी समाज बिरोधि पार्टी अर्थात समाजको बेतिथिको बारेमा सदियौ देखी राज्य सम्म पुर्‍याउन नसकी बिकासको नाममा मात्र आफ्नो गोजिको बिकास मात्र गरेको व्यक्ति लाई बहिष्कार नगरे सम्म कुनै विकल्प नरहेको डा. अंसारीले बताए। बिकास निर्माण कसरी हुन्छ र किन चाहिन्छ तथा बिकास गर्ने नेता को हो र देश र जनता लाई माया गर्ने पार्टी अनि नेता को को हुन भन्ने कुराको हेक्का रहदैन र चुनावमा मासु भात रक्सी अनि २/४ पैसा मा बिक्न छोड्दैन तब सम्म देश बिकास अनि जनता सम्पन्न हुन नसक्ने अंसारीले बताए। हैन भने अब देश झन गरिबीको रेखा मुनि भन्दा पनि तल झर्न कुनै शक्तिले रोक्न सक्दैन। अनि त्यो बेला जनताले एक छक भोजनको लागि पनि तर्सिने छ। देशमा ठूलो हाहाकार हुनेछ अनि एक अर्काको रक्त पिपासु बनी दिनहु हत्या हिंसा आदिइत्यादीको सिकार हुने डा. अंसारिले बताए।

त्यसकारण जनताले आफ्नो मतको सदुपयोग गर्ने बेला अब आउदो मङ्सिर ४ गतेको चुनावमा सहि र देश भक्त समाज सेवा नेता गर्ने नेता लाई मात्र आफ्नो अमुल्य मत दिएर आफ्नो तथा आफ्नो सन्ततिको भविष्य लाई जोगाउन डा. अंसारी आग्रह गरेका हुन्। प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा सहि व्यक्ति र सहि पार्टी छान्न अत्यन्त आवस्यक रहेको भन्दै सम्पुर्ण नेपाली मतदाता संग बारम्बार विनम्र आग्रह, अनुरोध एवं विन्ती गरेका हुन। हाम्रो देशको जुन हालत भएको छ, त्यो मात्र सहि व्यक्ति र पार्टी लाई चयन नगरी छनिक समय र केहि कुराको लोभ र लालचमा हालिएको मतको परिणाम रहेको डा. अंसारीले बताए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश