विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपाल र भारत बिचको मैत्रीता सम्बन्धमा खटास कि मिठास?

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

नेपाल र भारत बिचको सम्बन्ध मैत्रीपुर्ण रहोस् भन्ने धारणाका साथ कार्य गरिरहेका संस्था “नेपाल भारत मैत्री संघ जिल्ला काॠ समिति कलैया बारा द्वारा अमृत महोत्सव तथा बिचार गेष्ठी गरिएको हो। भारतको ७५औ स्वतन्त्रता दिवसको उपलक्ष्यमा उक्त कार्यक्रमको आयोजना गरिएको हो। समितिका अध्यक्ष हिरालाल प्रशाद साहको अध्यक्षता तथा माननीय रामबाबु यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा भारतीय बाणिज्य दूतावासका कन्सुल सशिभुषन कुमार, पुर्व सांसद शुभाकर प्रजुली, प्रदेश सांसद पारस साह, जिल्ला प्रमुख कृष्णबहादुर कटुवाल, बारा प्रहरी प्रमुख होबिन्द्र बोगटी लगायतका रहेका थिए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

नेपाल र भारत बिचको मैत्रीता सम्बन्धमा खटास कि मिठास भन्ने बारेमा भारतको स्वतन्त्रता दिवसको शुभकामना दिदै सबै वक्ताहरुले आ-आफ्नो धारणा राखेका थिए।

Karaiya Mai Notice Winter

धारणा राख्ने क्रममा प्रदेश सांसद साहले भने नेपाल बाट भारत जाने नाता सम्बन्धित कुटुम्बहरुले भारतीय प्रशासन बाट दु:ख पाउने गरेको कन्सुल कुमार लाई ध्यानाकर्षण गराएका थिए। सोही क्रममा नेपालमा नागरिक्ता सम्बन्धि समस्याले गर्दा भारतीयहरु नेपालमा आफ्नो छोरी दिन लाई आनाकानी गर्ने गरेको पनि चर्चा गर्दै नेपाल सरकार माथी खनियका थिए। नेपाल तराई मधेशको बोलीचाली, भेषभुसा, रहन सहन, रिति संस्कृति, स्नेह प्रेम, सदभाव तथा रंगरुप सबै भारतीय संग मात्र मिल्छ बाकी कुनै देश संग मिल्दैन त्यसकारण हाम्रो सम्बन्ध नेपाल सरकारले राजनीतिकको फोहरी खेल बनाई षड्यन्त्र गरिएको साहले टिप्पणी गरेका थिए। सदियौ देखि अंगिकृत नागरिकता बन्दै आएको लाई हालको समयमा भेदभाव गर्ने गरेको बारे चर्को अवाज उठाएका थिए ।

नेपाली काङ्ग्रेसका प्रखर वक्ता शुभाकर प्राजुलीले आफ्नो शुभकामना मन्तव्य राख्दै नेपाल भारतको सम्बन्ध दुइटै देशको जन्म पुर्वको मानवीय सम्बन्ध रहेको बताए। मानव सभ्यताको विकास भए देखि नै हाम्रो सम्बन्ध रहेको जिकिर गरेका थिए। यदि त्यसो नभएको भए त्रेता युगमा नेपालकी माता सिता र भारतका भगवान राम संगको विवाह त्यसको साक्षात प्रमाण रहेको पनि प्राजुलीले संकेत गरेका थिए। भारत र नेपालको सम्बन्ध त्यतिकै हवाको तालमा नभएकोले हाम्रो सम्बन्ध कसैले बिगार्नु हुदैन भन्ने आफ्नो धारणा प्राजुलीले राखेका थिए। नेपाल र भारतको मित्रता मात्र नभएर नेपालीहरुको रगत पसिनाको पनि सम्बन्ध रहेको बताए। नेपालका गोर्खालीहरुले भारतको सुरक्षामा बोरडरमा ज्यानको बाजी लगाएर दिनरात खटिरहेकोले हाम्रो रगतको पनि सम्बन्ध रहेको प्राजुलीले धारणा राखेका थिए।

प्रमुख अतिथी यादवले आफ्नो शुभकामना मन्तव्य राख्दै नेपाल भारत बिचको सम्बन्ध सानोतिनो कुराहरुको कारण केही मिडियाहरुले गलत प्रचारप्रसार गर्ने गरेको देखिन्छ भन्ने बारेमा ध्यानाकर्षण गराउदै त्यस्ता मिडियाहरु बाट समन्वय गर्नलाई आग्रह समेत गरेका थिए। हाम्रो सम्बन्ध कसैले बिगार्न खोज्नेले मात्र राजनीतिक सम्बन्ध बिगार्न सफल हुनसक्छ तर भावनात्मक सम्बन्ध कुनै सक्तिले बिगार्न नसक्ने प्रमुख अतिथि यादवले ठोकुवा गरेका थिए। यादवले नेपालीले भारतमा जादा नेपाली गाडीहरू लाई इन्ट्री गर्ने र बारा जिल्ला बाट चारवटा नाकामा भन्सारको पनि व्यवस्था मिलाएर सहजता प्रदान गर्न लाई आग्रह गरेका थिए। त्यस्तै बारा जिल्ला बाट कलैया टु पट्ना र दिल्ली सम्म यातायातको व्यवस्था मिलाउन पनि आग्रह गरेका थिए।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed