CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नवनिर्मित भवनको उदघाटणमा ९औ साधारण सभा र छैठो अधिवेशन सत्र

फेटा GP PSA
477
सिम्रौन्गढ़ नपा psa

सबिर आलम, बारा।

बारा उधोग वाणिज्य संघ शाखा कार्यालय सिम्रौनगढको ९औ सधारण सभा र छैठो अधिवेशन सत्रको उदघाटन सम्पन्न भएको छ। जिल्ला उद्योग वाणिज्य संघ कलैयाका अध्यक्ष राज कुमार साहको प्रमुख आतिथ्यता तथा सिम्रौनगढ उधोग वाणिज्य संघ शाखाका अध्यक्ष जयन्त कुशवाहाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ। उक्त साधारण सभालाई सम्बोधन गर्दै विशिष्ट अतिथी एवम् सिम्रौनगढ नगरपालिकाका मेयर किशोरी साह कलवारले भने कुनै पनि देशको, कुनै पनि गाउँको, कुनै शहरको भविष्य व्यपारीमा रहेको तथा केही व्यपारी शुद्ध र केही व्यपारी अशुद्ध रहेकोले जुन व्यपारी सम्पुर्ण व्यपारीहरुको जिम्मेवारीको दृष्टिकाेणले व्यपारलाई अगाडी बढाउछ त्यस्ता व्यक्तिलाई नेतृत्व गर्न आग्रह गरेका थिए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

त्यस्तै प्रमुख अतिथी एवं बारा उधोग वाणिज्य संघका अध्यक्ष राज कुमार साहले विगतका सिम्रौनगढ उधोग वाणिज्य संघ शाखाका अध्यक्ष लगायत सम्पुर्ण सदस्यहरु लाई बधाई दिदै भने सिम्रौनगढ शाखालाई नगर उधोग वाणिज्य संघ बनाउनमा जति उधोग वाणिज्य संघ बारा बाट सहयोग हुन्छ त्यति गर्न हाम्रो कार्यसमिति तत्पर नै रहेको जानकारी गराउनु भएको थियो । बोडरमा कति किसानहरु लाई गाह्रो हुन्छ भन्दै बोडर आउट पोस्ट सिम्रौनगढका शस्त्र प्रहरी प्रमुख तथा बोडर आउट पोस्ट पिपरपातिका प्रमुख लाई अवगत गराउदै वहाँले भने यहाँ भन्सार भएको भए सम्पुर्ण कुरामा ढुक्क हुन्थ्यो ,तस्करी हुनुहुदैन, गलत क्रियाकलाप पनि हुनुहुदैन तर स्थानीय बजारको सरसमान अभाव पनि हुनुहुदैन यो एतिहासिक ठाउँ भएको तर धेरै ओझेलमा परेको हुनाले यसलाई विकास गर्नको लागि यहाका उधोगी व्यवसायी यहाँका जनप्रतिनिधिहरुको आवश्यकता देखिन्छ भन्दै हर समय सहयोग गर्न आफू तत्पर रहेको जानकारी गराउनु भएको थियो ।

उक्त कार्यक्रमलाई समापन गर्दै सिम्रौनगढ उधोग वाणिज्य संघ शाखाका अध्यक्ष जयन्त कुमार कुशवाहाले भने उधोग वाणिज्य संघ शाखा सिम्रौनगढको भवन निर्माण भएको छ, यो यहाँका सम्पुर्ण व्यपारीहरुको तथा यहाका समाजसेवीहरुको योगदानले भनेको छ, यहाँका व्यपारीहरुको पाँच रुपैयाको कमाई बाट एक रुपैयाँ दिनु भएको कुराहरु अवगत गराएका थिए। उधोग वाणिज्य संघ नगरपालिका मातहतका अङ्ग भएकोले संगै लिएर चल्न आग्रह गरेका थिए । साथै यो हरेक जातजाति, धनी, गरीब व्यपारी, किसान, मजदुर सम्पुर्णको संघ भएकोले यसमा सबै योगदान त्यति नै आवश्यक रहेको कुरा अवगत गराएका थिए ।

उक्त कार्यक्रममा विशिष्ट अतिथी सिम्रौनगढ नगरपालिकाका उप-मेयर नजमु शेहर, पुर्व मेयर विजय शकर यादव, पुर्व उप-मेयर रीमा देवी, प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जैसवाल, डा. रामबाबु प्रसाद कुशवाहा,सतार अन्सारी, त्यस्तै अतिथिमा सिम्रौनगढ नगरपालिकाका १ देखि ११ सम्मका वाडा अध्यक्षहरु, विभिन्न पार्टीका प्रतिनिधिहरु, लालबाबु प्रसाद, शकर प्रसाद साह कानु, रहमान अन्सारी, धर्मेन्द्र कुमार जैसवाल,ओम प्रकाश गुप्ता, मनोज कुमार, महेन्द्र प्रसाद,भोला प्रसाद गुप्ता, दिनेश प्रसाद जयसवाल, बिशनु साह कानु, अशोक ठाकुर लोहार, जफिर अन्सा्, शेर महम्द अन्सारी, बोर्डर आउट पोस्ट गोलागन्जका प्रमुख पशुराम लामिछाने, बोर्डर आउट पोस्ट पिपरपातीका प्रमुख परियार, ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रतिनिधि श्याम यादव, सिम्रौनगढका वरिष्ठ पत्रकार रामेश्वर मेहता,नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष रामबाबु मेहता, कृपा दैनिक बाराका पत्रकार सिकिन्द्र साह, सिम्रौनगढका सम्पुर्ण व्यपारीहरुको लगाएत भद्रभलामीहरु उपस्थिति रहेको थियोे । स्वागत मन्तव्य मुकेश साह कलवारले गरेका थिए भने उदघोषण अरबिन्द महतोले गरेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश