CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रोट्रयाक्ट क्लव अफ यूनाइटेड विरगंजको चौथो पद हस्तान्तरण

फेटा GP PSA
476
सिम्रौन्गढ़ नपा psa

बीरगंज, पर्सा।

रोट्रयाक्ट क्लव अफ यूनाइटेड विरगंजको चौथो पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । पद हस्तान्तरण कार्यक्रम सन् २०२१/२२ का अध्यक्ष अमित सर्राफले २०२२/२३ का अध्यक्ष अभिषेक सर्राफलाई पद हस्तान्तरण गर्नुभएको हो । शनिवार विरगंजको टाउन हलमा भएको कार्यक्रममा सर्राफले सर्राफलाई रोट्रयाक्ट अध्यक्ष कोलार लगाएर क्लबको चार्टर सर्टिफिकेट तथा ग्यावल हस्तान्तरण गर्नुभयो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

राेटेरियन सुरेश गोर्खालीले क्लबका अध्यक्ष अभिषेक सर्राफकाे सपथ ग्रहण गराएका थिए भने अध्यक्ष अभिषेक सर्राफले क्लबका पदाधिकारी र रोटेरियन अनिल जैसवालले सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । पद ग्रहण गर्दै अध्यक्ष अभिषेक सर्राफले आफ्नो कार्यकालमा हुने कार्य योजनाको बारेमा प्रकाश पार्नुभएको थियो ।

Karaiya Mai Notice Winter

कार्यक्रममा वर्ष २०२१/२२ का अध्यक्ष अमित सर्राफले आफ्नो कार्यकालमा भए गरेका प्रगति प्रतिवेदन सँगै विभिन्न क्षेत्रबाट सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले क्लवमा विभिन्न क्षेत्रमा सहयोग पुर्याउनेलाई सम्मान गर्नुका साथै क्लवका पदाधिकारी र बेस्ट कोर्डिनेटर,रोट्रयाक्ट ऑफ ईयर,एक्टिभ मेम्बर लगायतलाई अवार्ड समेत प्रदान गर्नुभयो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि माओबादी केन्द्रका महानगर अध्यक्ष रह्बर अन्सारीले क्लवमा आबद्ध युवाहरुले व्यक्तित्व विकास सँगै समाजमा उदाहरणीय कामहरु गर्न सुझाव दिनु भयो । नवनिर्वाचित समिति लाई बधाई तथा शुभकामना दिदैँ सहकार्य गरेर अगाडि तयार रहेको बताउनु भयो ।

कार्यक्रममा विशिष्ठ अतिथि डीएसपी निर्मल बुढाथोकी, अथिति बाईपास दैनिकका प्रबन्ध निर्देशक धिरज दारुक, वडा ६ का वडा अध्यक्ष जयप्रकाश शाह अग्रवाल,डॉ सरोज रोसन दास, रोट्रयाक्ट डिष्ट्रिक पब्लिक रिलेशन अफिसर रो रजीश कलवार, रोटरी नेपाल लिटरेसी मिसन चेयर रो आयुष गुप्ता र रोट्रयाक्ट क्लवका विभिन्न अध्यक्ष लगायत उपस्थिति रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश