विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

जीएचपी स्कूल प्रकरण : विद्यार्थी निष्काशन गर्ने प्रधानाध्यापक कौरको धम्की

सिम्रौन्गढ़ नपा psa

वीरगंज – वीरगंजको पावरहाउस चोक स्थित रहेको जि.एच.पि. स्कुलले विद्यार्थीलाई स्कुलबाट निष्काशन गर्ने अभिभावकलाई धम्की दिएको छ । स्कुलकी प्रधानाध्यापिका रोमी कौरले अभिभावकलाई बोलाएर सम्पूर्ण पैसा बुझाएर यहाँबाट आफ्नो बच्चालाई लैजान धम्की दिएकी हुन् । गत भदौ ७ गते शुल्कको विषयलाई लिएर विवाद भएपछि स्कुल बद्नाम भएको भन्दै बाँकी सम्पूर्ण शुल्क तिरेर यहाँबाट आफ्नो बच्चा अन्य स्कुलमा लैजान धम्की दिएकी हुन् ।

जि.एच.पि. स्कुलले शुल्क नतिरेको कारण बच्चालाई परीक्षाबाट बञ्चित गरेको भन्दै एकजना अभिभावकले अभिभावक संघर्ष समितिलाई गुनासो गरेको थियो । त्यही गुनासोको आधारमा संघर्ष समितिकिा अध्यक्ष सन्दिप साह सहितको टोली गुनासो बुझ्न स्कुलमा जाँदा स्कुलमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले गुण्डागर्दी शैलीमा दुव्र्यवहार गरेका थिए । त्यस पश्चात स्कुल विवादमा मुछिएको थियो ।

स्कुलले अभिभावकहरुमाथि गुण्डागर्दी शैलीमा दुव्र्यवहार गरेको भन्दै अभिभावक संघर्ष समितिले स्कुललाई कारवाहीको माग गर्दै वीरगंज महानगरपालिकालाई ध्यानाकर्षण समेत गराएको थियो तर महानगरपालिकाले कुनै किसिमको कारवाही प्रक्रिया अगाडि नबढाएपछि संघर्ष समितिले चरणबद्ध आन्दोलन शुरु गरेको थियो ।

Prasauni holi 2082
karaiya holi 2082

अभिभावक संघर्ष समितिले शुल्क वृद्धिदेखि लिएर स्कुलको गुण्डागर्दी रोक्नुपर्ने माग गर्दै विरोध प्रदर्शन समेत गरेको थियो तर विद्यालयलाई हालसम्म महानगरपालिकाले कुनै किसिमको कारवाही प्रक्रिया बढाएको छैन । यहाँसम्म कि स्पष्टिकरण समेत सोधेको छैन । उल्टै विद्यालयले अभिभावक संघर्ष समितिमाथि दोषारोपण गर्दै आएको छ । स्कुल विवादमा मुछिएपछि स्कुलकी प्रधानाध्यापिका रोमी कौरले स्कुलको कमि कमजोरीलाई ढाकछोप गर्न विभिन्न प्रपञ्च समेत रचेकी थिइन् ।

यहाँसम्म कि केही सञ्चार सँस्थालाई आर्थिक प्रलोभनमा पारि आफ्नो स्कुल पढाईमा अब्बल रहेको भनेर झुठा प्रचारवाजी समेत गराइन् तर सम्बन्धित निकाय वीरगंज महानगरपालिका यति हुँदापनि मुर्कदर्शक बनेर बसेको अवस्था छ ।

हाल आएर स्कुलले विद्यार्थी निष्काशन गर्ने अभिभावकलाई धम्की दिन थालेको छ । स्कुलको कमि कमजोरी बाहिर भनेको भन्दै प्रधानाध्यापिका विद्यार्थी निष्काशन गर्ने धम्की दिएको भिडियो यस सञ्चार प्रतिष्ठानलाई प्राप्त भएको छ । विद्यालयको आन्तरिक कुरा आफूलाई भन्नुपर्ने र त्यसको समाधान आफूले गर्ने तर आफूलाई जानकारी नै नदिई अभिभावक संघर्ष समितिलाई जानकारी दिएर विद्यालयको बद्नामी गराएको भन्दै विद्यार्थी निष्काशन गर्ने धम्की दिएकी हुन् ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed