CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

माओवादी केन्द्र कपिलवस्तु ३ (ख)बाट समानुपातिकमा शबनम खातुनको नाम सिफारिश

फेटा GP PSA
558
सिम्रौन्गढ़ नपा psa

कृष्णनगर, कपिलवस्तु।

नेकपा माओवादी केन्द्रले कपिलवस्तु क्षेत्र ३ का लागि उम्मेदवार सिफारिस गरेको छ । शुक्रवार चन्द्रौटामा बसेको वैठकले मंसिर ४ गते हुने संघ र प्रदेशको लागि प्रत्येक्ष तथा समानुपातिकको लागि उम्मेदवार सिफारिस गरिएको छ । कपिलवस्तु क्षेत्र न ३ संघिय सांसदमा मौलाना मक्सुद नेपालीको एकल नाम सिफारिस भएको छ भने संघमा समानुपातिक तर्फ वाट चिन्ता परियारको नाम सिफारिस भएको छ । वैठकले दुवैजनाको नाम एकल नाम सिफारिस भएको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

लामो समयदेखि सामाजिक क्षेत्रमा कृयशिल मौलाना मशहुद खां नेपाली कृष्णनगरका लोकप्रिय नेताको रुपमा चिनिन्छन। समाजमा हरेक काममा अग्रसर भएर लाग्ने मौलानाले क्षेत्रको मुहार परिवर्तनको लागि उम्मेदवार बन्न तयार रहेको बताए । त्यस्तै समानुपातिकमा सिफारिस चिन्ता परियार पत्रकारिता क्षेत्रमा आवद्ध छन् । लामो समय देखि पत्रकारीता गर्दै आएका परियारलाई पार्टीले अवसर दिएमा क्षेत्रको विकास र नागरिकहरुको जिवन परिवर्तन हुने गरि काम गर्ने प्रतिवद्धता जनाए ।

क्षेत्र न ३ (क)का लागि प्रत्यक्ष तर्फ एहसान अहमद खान, राजेन्द्र आचार्य र रमेश चन्द्र चौधरीको नाम सिफारिस भएको छ । प्रदेश समानुपातिकमा उमा विक,गगन कामी,सिता बुढाथोकि,कुमारी कुसुम चौधरी,जयप्रकाश कहार, टिका पुन मगरको नाम सिफारिस भएको छ । क्षेत्र न ३ (ख)का लागि प्रत्यक्ष तर्फ चुर बहादुर खड्का, अर्जुन सापकोटा र केशर वलीको नाम सिफारिस भएको छ । प्रदेश समानुपातिकमा सवनम खातुन गितादेवि सुनार र मैयान खानको नाम सिफारिस समानुपातिकमा गरिएको हो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश