CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बालदिवसको अवसरमा विभिन्न विद्यालयमा विभिन्न कार्यक्रम

फेटा GP PSA
430
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

यस वर्ष राष्ट्रिय बाल दिवस, २०७९ ‘बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नाराका साथ मनाईएको हो । “जन जागरण युवा क्लब” बाराले युरोपियन युनियनको आर्थिक सहयोग तथा भि.एस.ओ. नेपालको नेतृत्व तथा संचालनमा रहेको सहयात्रा परियोजना अन्तर्गत बाराका विभिन्न पालिकाहरुको विभिन्न विद्यालयमा कार्यक्रम सञ्चालित रहेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

नेपालले बाल अधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बाल अधिकारको संरक्षण र बाल सहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

Karaiya Mai Notice Winter

संयुक्त राष्ट्र सङ्घीय बाल अधिकारसम्बन्धी महासन्धिलाई नेपालले अनुमोदन गरेको दिनको स्मरण गर्दै बाल अधिकारको क्षेत्रमा अन्तर्राष्ट्रिय प्रतिबद्धता समेतलाई पूरा गर्न हामीले हरेक वर्ष भदौ २९ गते ‘राष्ट्रिय बाल दिवस’ मनाउँदै आएका छौँ,’’ राष्ट्रपतिले जारी गरेको शुभकामनामा भनिएको छ ।

जितपुर सिमरा तथा कलैया उपमाहानगरपालिका र रौतहटका गौर तथा गढीमाई नगरपालिकाका २० वटा बिधालयहरु श्री ने.रा. मा.बि. बसतपुर, श्री ने.रा. मा.बि. मटिअर्वा, श्री दुर्र्गा नमुना मा.बि, बरेवा, श्री ने.रा. मा.बि. मनहर्वा, श्री अमर मा.बि. दोहरी, श्री ने.रा.मा.बि. डुमरवाना, जनता मा.बि. रजघटा, श्री ने.रा. मा.बि.सिमरा, श्री ने.रा. मा.बि. पथलैया, श्री सरस्वती मा.बि. इनर्वासिरा, श्री जुद्ध मा.बि. गौर, श्री सरस्वती मा.बि सिस्वा,श्री अधारभुत बिधालय बालमंदिर, श्री अधारभुत बिधालय सवगढा, श्री मा.बि. टिकुलिया, श्री शैकर गुदर मा.बि.समनपुर, श्री ने.रा मा.बि. बिरनागरा, श्री आदर्श अधारभुत बिधालय सिंगारमन, श्री ने.रा मा.बि. धनाडी धरमपुर र श्री ने.रा मा.बि. संग्रामपुरमा समावेशी तथा गुणस्तरीय शिक्षाका लागि संचालित रहेको छ।

यो परियोजना संचालित बिधालयहरु, त्यसका बाल समुहहरु र परियोजनाको संयुक्त प्रयासमा बिधालय स्तरिय बिभिन्न कार्यक्रमहरु गरि बालमैत्री समाजको अधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार भने नारका साथ २८औं अन्तर्राष्ट्रिय बालदिवस भव्यताका साथ मनाएका छन्।

जस्मा बिभिन्न खेलकुद प्रतियोगीता, नाच गान प्रतियोगीता, साईकल रेस, दौड, हाजरी जवाफ प्रतियोगीता तथा र्‍याली आदी कार्यक्रमहरु गरि मनाइएको छ । उक्त कार्यक्रममा वडाध्यक्षहरु, बिधालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संध, प्रधान ध्यापक, सहायात्रा परियोजनाका
कर्मचारीहरुको पनि सहभागिता रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश