विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रूपन्देहीमा व्यापारी द्वारा विरोध प्रदर्शन

सिम्रौन्गढ़ नपा psa

भैरहवा।

ऋणकाे प्रेसरले प्राण त्याग गरेका न्युराेड काठमाण्डाैंका व्यापारी सुदर्शन घिमिरेकाे घटनालाइ लिएर रूपन्देहीमा प्रदर्शन गरिएकाे छ। ऋणमा रहेका व्यापारीकाे सामान चीनियाँ नाकामा राेकिएपछि ऋण तिर्न व्यावहार बिग्रियाे भन्दै न्युराेड रञ्जना मलमा व्यापार गर्दै आएका व्यापारी घिमिरेले गरेकाे आत्महत्या घटनामा चीन सरकार विरूद्ध नारावाजी गर्दै लुम्बिनीमा व्यापारीहरूले प्रदर्शन गरेका हुन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

चीनीयाँ नाका बन्दीका कारण व्यापारी घिमिरेले ज्यान गुमाउनु परेकाे भन्दै स्थानीय व्यापारीहरूले चीन सरकारकाे विराेध गर्नुका साथै नेपाल सरकारबाट क्षतिपुर्तिकाे माग गरेका छन्। चीन सरकार मुर्दाबाद, सरकार क्षतिपुर्ति देउ लगायतका नारा लगाएका थिए। चीन सरकारबाट स्वर्गीय घिमरेकाे परिवारलाइ क्षतिपूर्ति दिनुपर्ने मांग गरिएकाे थियाे।

Karaiya Mai Notice Winter

नेपालका बैंकबाट लिएकाे ऋण र व्याज बुझाउन बैंकहरूकाे ताकेताले तनाव दिइरहेकाे बेला घिमिरेले चीनबाट ल्याउदै गरेकाे व्यापारका केही सामानहरू चीनिया नाकामा राेकिएपछि उनकाे आर्थिक काराेबार ठप्प हुन पुगेकाे थियाे । काराेबारलाइ सकृय बनाउन अप्ठ्यारा झेल्दै गरेका घिमिरेले सहकारीमा राखेकाे निक्षेप पनि सहकारीले दिन नमानेपछि उनले निकास नपाइ ऋणकाे प्रेसरले प्राण त्याग गरेकाे व्यापारीहरूकाे भनाइ छ ।

यस अवस्थामा नेपाल सरकारले समेत व्यापारीका लागि केही गर्न नसकेकाे व्यापारीकाे गुनासाे छ । आर्थिक मन्दी झेलिरहेका व्यापारीलाइ सरकारले नीतिगत रूपमा भएपनि सहयाेग गर्नुपर्ने बेला आएकाे बताइएकाे छ । व्यापारीलाइ बचाउने दिन आएकाे अवस्थामा सरकार निरिह बनिरहेकाेले सरकारले व्यापारी बचाउ अभियान थाल्नुपर्ने माग समेत गरिएकाे छ ।

लुम्बिनीकाे खुनगाइंमा स्थानीय व्यापारीद्वारा आयाेजित विराेध प्रदर्शनमा शिव कहार, गौतम धवल, उपेन्द्र कुर्मी, शिवपाल, आशीष मौर्या, राजकुमार, अमर, श्याम लगायत सयाैंकाे सशक्त उपस्थिती रहेकाे थियाे ।सभार आनलाइन जनता डटकम l

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed