विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रेडियोहरुको भिडमा रेडियो बाराको समुद्घाटन तथा परिक्षण प्रशारण सुरु

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

रेडियोहरुको भिडमा रेडियो बाराको समुद्दघाटन भएको हो। रेडियो बाराले वास्तविक सञ्चारको भुमिका निर्वाह गरि श्रोत अर्थात सर्वसाधारणको हरेक गतिविधि बारेमा ऐना झै झलझली झल्काउने उद्देश्यका साथ स्थापना भएको संस्थापक अध्यक्ष रमेश साहले बताए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

संस्थाका संस्थापक अध्यक्ष रमेश साहको अध्यक्षता तथा बारा जिल्लाका अभिभावक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालको प्रमुख आतिथ्यता एवं बाराका प्रहरी प्रमुख होबिन्द्र बोगटी, शस्त्र गणका बारा प्रमुख त्यस्तै बारा जिल्ला आर्मी प्रमुख, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारीको विशिष्ट आतिथ्यतामा समुद्दघाटन गरिएको हो। प्रमुख जिल्ला अधिकारी कटुवालले फिडर उठाउदै परिक्षण प्रशारण सुरु गरेका थिए।

Karaiya Mai Notice Winter

असोज १ गते बिश्वकर्मा पुजाको अवसरमा बारा जिल्लाको सदरमुकाम कलैयामा गढिमाइ ब्रोडकाष्ट कम्पनी द्वारा सञ्चालित रेडियो बाराले परिक्षण प्रसारण १०६.६ मेगाहर्ज बाट प्रसारण सुरु गरेकोछ। गाउँ गाउका सत्यतथ्य समाचारहरु जनता समक्ष पस्किन लाई प्रमुख अतिथी कटुवालले आग्रह गर्नु भएको हो। जनता लाई निरुत्साहित नबनाई उतसाहित गर्न संचार माध्यमले खेल्ने भुमिका निर्वाह गर्न लाई कटुवालले आग्रह गर्नु भयो।

समाजमा भए गरेका विभिन्न घट्ना जस्तै समुदायमा आत्मा हत्याको घटना बढ्दै गएकोले परिवारका घर मुलिले सचेत भइ सो बारे ध्यान दिनु पर्ने कार्यक्रमका बिशिस्ट अतिथी प्रहरी उपपरिक्षक होबिन्द्र बोगटिले आग्रह गर्नु भयो। र त्यस्ता घट्ना वारे सञ्चार माध्यमले सत्यतथ्य कुराको बारे पुरै भित्री कुराहरु बारे खोज गरि समाज लाई सचेतना गराउने खाले कार्यक्रम उत्पादन गरि निरुत्साहित गर्न लाई संचार माध्यमले खेल्नु पर्ने भुमिका निर्वाह गरि चोरि सिकारि तस्करीका घटनाहरु लाई बाहिर ल्याउने बोगटिले सुझाएका थिए।

कार्यक्रमका विशिष्ट अतिथी नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष तिवारिले संचार माध्यम बढ्नु सो ठाउको बिकाशमा प्रगती भएको बताए।

समुदघाटन कार्यक्रममा नेपाली सेनाका ज्वाला गणका प्रधान सेनानी भुपेन्द्र गोदार, सशस्त्र प्रहरी बल नेपाल न. १२ गण उतर झिटकैया बाराका सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र थापा, राष्ट्रिय अनुसन्धान कार्यालय बारा उपपिक्षक अख्तियर नियन्त्रण सन्तोष ढुंगोल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ बाराका प्रमुख डा.हेमचन्द्र कुमार जैसवार, नेपाल बिधुत प्राधिकरण कलैया NEA बारा प्रमुख बालकिशोर प्रसाद यादव समाजसेवी एवं लोसपा नेपालक केन्द्रिय सदस्य डा. कमरुल्लाह अंसारी, मेयरका प्रत्यासी जयप्रकाश साह, गोपाल सेवा समितिका अध्यक्ष जंगबहादुर यादव, मुकेश साह, ईमरान आलम, वरिष्ठ पत्रकार सुजित अर्याल, पत्रकार राकेश पाण्डे, निवेश तिमल्सिना, संजिव मिश्रा, राजेश कुशवाहा, अजय साह, सुनिल गाउले, कृष्ण सिग्देल लगायतको सहभागिता रहेको थियो। नेपाल भारत मैत्री रेडियो स्रोता संघ, नेपाल भारत रेडियो श्रोता संघका अध्यक्ष विजय पौडेल वरिष्ठ सल्लाहकार प्रोफेसर कुर्वान हवारी, रामाधार मेहता, सम्भु चौधरी लगायतको कार्यक्रममा सहभागिता रहेको थियो। कार्यक्रममा अतिथिहरु लाई रामानंद यादवले स्वागत गरेका थिए भने कार्यक्रम सञ्चालन अनिल वर्माले गरेका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed