विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

संविधान दिवसको अवसरमा प्रभातफेरी कलैयामा

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

संविधान दिवसको अवसरमा कलैयामा प्रभातफेरी गरिएको हो। जिल्ला प्रशासन कार्यालयको आयोजना तथा विभिन्न संघ संस्थाहरुको सहभागितामा प्रभातफेरि गरिएको हो। आजैका दिन असोज ३ गते २०७२मा संविधान जारी भएको हो। सोही उपलक्ष्यमा हाम्रो देशको मुल कानुनको दस्तावेज घोषणा भएको हो र उक्त दिन लाई कानुनको दस्तावेज बनाउन सफल भएको खुशीमा हरेक वर्ष असोज तीन गते संविधान दिवस मनाउने गरिन्छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

प्रभाव फेरि कार्यक्रम जिल्ला प्रशासन कार्यालय बाट बजार परिक्रमा गरि भरत चौकमा कोणसभा गरिएको थियो। बारा जिल्लाको अभिभावकको रूपमा रहेका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालको संयोजकत्व तथा शैक्षिक संस्था एवं विभिन्न कार्यालयका कर्मचारी र सञ्चारकर्मीहरुको सहभागितामा कार्यक्रम गरिएको हो।

कोणसभा लाई सम्बोधन गर्दै कार्यक्रम संयोजक कटुवालले जिल्लाका सबै कर्मचारी तथा सञ्चारकर्मीहरु लाई आ-आफ्नो ठाउँ बाट सकारात्मक भुमिका निर्वाह गर्न आग्रह गरेका थिए । सेवाग्राही लाई मुस्कान सहितको सेवा तथा सञ्चारकर्मीहरु लाई सत्य तथ्य र निश्पक्ष एवं स्वस्थ खबर सम्प्रेषण गर्न आग्रह गरेका थिए।

कार्यक्रममा जिल्ला प्रहरी प्रमुख, जिल्ला शस्त्र प्रहरी प्रमुख, जिल्ला आर्मी प्रमुख तथा विभिन्न कार्यालयका कर्मचारीहरु एवं शैक्षिक संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियोे ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed