विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

आमा लाई हत्या गर्ने छोरा पक्राउ

सिम्रौन्गढ़ नपा psa

आमाको हत्या गर्ने छोरा पक्राउ

जिल्ला प्रहरी कार्यालय बाराले आमाको हत्या गर्ने छोरा पक्राउ गरेका छन्। यहि मिति २०७१/०५/३० गते साँझ २.१८:१५ बजेको समयमा कलैया उ.म.न.पा. वडा नं. ७ रंगपुर टोल बस्ने शिव नारायण यादवको छोरा वर्ष २५ को जय किशोर यादवले आफ्नो सौतेनी आमा नतरी देवीलाई परमा बसी रहेको बेला सामान्य घरायसी विवाद हुँदा पाँटीको अगाडी भागबाट खुकुरी प्रहार गरेकोमा तेतरी देवीको घटनास्थलमा मृत्यु भएको थियोे।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

हत्यामा संलगन छोरा जयकिशोर यादव फरार रहेकोमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको खोजतलास टोलीले निजलाई पर्सा इनर्वाबाट हतियार सहित पक्राउ गरी अनुसन्धान अगाडी बढाएको छ। मृतक तेतरी देवीको नागरिकता नबनाइदिएको विषयमा विवाद हुँदा घटना भएको देखिएको जिप्रका बाराले जनाएको छ। निजको श्रीमान शिवनारायण यादव समेतलाई नियन्त्रणमा लिई सम्मानित बारा जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलन गरि जनाएको छ।

तेतरी देवीको करिव ३० वर्ष अगाडी शिवनारायण यादवसँग विवाह भएको, तेतरी देवीको कोखबाट कुनै सन्तानको जन्म नभएको। तेतरी देवीले नागरिकता बनाउनको लागि पटक/पटक आग्रह गरेको, शिव नारायण यादवले कान्छी श्रीमती तथा छोरा जय किशोर यादवको दबाबमा नागरिकता बनाउन आलटाल गर्दै आएको जनाइएको छ।

नागरिकता बनाएको खण्डमा तेतरी देवीलाई अंश दिनुपर्ने बुझाइ रहेको कारण बनाउन आलटाल गर्ने गरेको जनाइएको छ। घटनामा संलग्न रहेका जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं. ७ बस्ने वर्ष ५५ को शिवनारायण यादव मिति २०७१/०५/३१ गते पक्राउ गरिएको जनाइएको हो। शिव नारायण यादवको छोरा वर्ष २५ को जय किशोर यादव- मिति २०७९/०६/०७ गते पक्राउ गरिएको हो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed