विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

वीरगंजको ईनर्वाबाट तस्करी बढ्यो, विभिन्न सामान खुलेयाम नेपाल भित्रिदै

सिम्रौन्गढ़ नपा psa

वीरगंज – वीरगंज महानगरपालिका वडा नम्बर १६ मा रहेको प्रहरी चौकी ईनर्वा गाँउलाई अहिले दशै पर्व लागि सकेको पाएको छ । हिन्दुहरुको महान चाडपर्व वडा दशै तिहार नजिकिए संगै जिल्लामा तस्करी बढेसंगै प्रहरी चौकी ईवर्ना गाँउलाई पनि दशै लागेको पाएको हो ।

Karaiya Mai Notice Winter

स्रोतका अनुसार ईनर्वा गाउबाट अहिले प्रहरीकै मिलोमतोमा सिमावर्ती सहर रक्सौलबाट ईनर्वा गाउ हुदै तस्करहरुले कपडा, शर्टिड्ड शुटिड्डको कपडा,माछा, थानको कपडा, हार्डवेयर, ईलेक्ट्रोनिक्स पार्ट पुर्जा, रजनीगन्धा, खाद्यान्य लगायतको सामानहरु साईकल, मोटरसाईकल, टाड्डा, पोके लगायत महिला भरियाहरुलाई प्रयोग गरी दिनरात राजश्वछली गरी अवैध तरिकाले सिमामा खटेका प्रहरीहरुको सेटिड्डमा नेपाल तर्फ व्यापक रुपमा तस्करी भईरहेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

ईनर्वा गाँउबाट तस्करी गर्ने एक दर्जन भन्दा बढि तस्करहरुले प्रहरी चौकी ईनर्वा गाउका ईन्चार्ज प्रहरी सहायक निरिक्षक बल बहादुर तामाङ्गलाई लाखौको महिनावारी बुझाई तस्करी गरीरहेको एक जना तस्करले बताए ।
तस्करहरुले रक्सौलबाट खरिद गरेका माल समान अवैध रुपले सिमावर्ती नाका सहदेवा महादेवा, बलिरामपुर, अहिरवाटोला हुदै ईनर्वा गाउ भएर वीरगंज बजार सम्म प्रहरी प्रशासन कै मिलोमतोमा जाने गरेको पाईएको छ ।
सिमामा अवैध गतिविधि, राजश्व छलि, चोरी पैठारी नियन्त्रण गर्न खटेको प्रहरीहरु नै तस्करहरुको चुड्डलमा फसि नेपाल सरकारको राजश्व चुहावट गर्ने यस्ता प्रहरीहरुलाई समयमै लगाम लगाउन जरुरी देखिएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed