CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बारा पर्साको सबै नाकाबाट खुल्याम तस्करी,तस्कर मोटाउँदै देशको ढुक्कुटी दुब्लाउँदै

फेटा GP PSA
562
सिम्रौन्गढ़ नपा psa

वीरगंज – दशै, तिहार नजिकिएसँगै बारा,पर्सामा नेपाल प्रहरी तथा सशत्र प्रहरी वलकै सकृयतामा व्यापक रुपमा तस्करी मौलाएको छ । नेपाली बजारमा भारतिय समानको माग चाडबाडमा बढी हुने हुँदा नेपालका सना देखि ठूला व्यापारीहरु राजस्व छली गरी चोर बाटोबाट मानसमानहरु भित्रयाइ रहेका छन् ।ने

पाली बजारमा यतिखेर तेलहन,दलहन देखि हरेक प्रकार किराना समाग्री तथा इलेक्ट्रोनिक समान,लताकपडा एवम् हाडवेयर र रंगरोहनका समानहरुको माग ह्वातै बढेको छ । नेपालमा यीहरु समाग्रीको माग बढेपछि नेपाली उत्पादनलाई धरासाही बनाउँने गरी संगाठनिक रुपमा सिमा नाकामा तस्करी भइरहेको छ । प्रहरी संगठनका माथिल्लो अधिकृकारीहरु देखि लिएर तल्लो तहका सिपाहीहरु समेतले तस्कर समुहसँग पैसा खान थालेपछि बारा,पर्साको सिमा नाकामा तस्करी मौलाएको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

चाडबाडमा बाटो र नाका नाकामा पैसा असुली गर्न प्रहरी परिचालन गरेपछि प्रहरी संगठनको नाङ्गो रुप देखर आम सर्वसधार समेत वाकदिक्क भइसकेका छन् । सिमा नाका नजिकैको वस्तीहरुमा वस्ने नेपाली र भारतिय नागरिकहरु तस्कर समुह र प्रहरी बिच रातभरी हुनेको लेनदेनको होहल्ला सुन्नेर राम्ररी सुतन समेत पाइरहेका छैनन् । रात त रात दिनभरी समेत तस्करी खल्याम रुपमा भइहेको फोटो तथा भिडियोहरु स्थानिय देखि राष्ट्रिय स्तरका मिडियाहरु प्रसारण प्रकाशन भइरदा समेत आँखाको लाज फ्याकी प्रहरीहरु बाटो बाटोमा तस्करहरुसँग पैसा असुली गरीरहेका छन् ।बाराको तछवा,मटिअर्वा,सिम्रौनगढ,कचोरवा,बस्तपुर,कवहीगोठ,मुसहर्वा लगायतको सिमा नाकामा दिनभरी रातभरी खुल्याम तस्करी भइरहेको छ । पैसा सशत्र प्रहरी वल १२ नम्बर गण बारा,४० नम्बर गण बारा तथा १३ नम्बर पर्साले समेत खाएको छ । सशत्र प्रहरी उपरीक्षक राजेन्द्र पोखरेलले सिमानाकामै पुगेर पैसा असुली गरी रहेका छन् । त्यसैगरी नाका नाकामा पैसा असुली गर्नका अधिकारीहरुले गुमुवा परिचालन गरेको छ ।

तस्करीमा बारा भन्दा पर्सा पनि कम छैन् । पर्साको इनर्वा,छपकैया,भकुवा,भेहाही,श्रीसिया,पाण्डेपुर,जानकीटोला,भिस्वा बन्जारी लगायतका सनादेखि ठूला नाका होस अथवा खेतको आली आली सबै बाटोहरुको प्रयोग गरी भारीमात्रामा तस्करी भइरहेको छ । सिमाको सुरक्षाका लागि खटिएका प्रहरीहरु नै मोटो रकम नजराना बुझी तस्करी लाइन दिएका छन् भने उठेका रकम माथी देखि तह सम्म पु¥याई रहेका छन् ।

Karaiya Mai Notice Winter

तस्करी नियन्त्रण गर्नका लागि जिम्मा लिएर बीरगन्ज भन्सार कार्यालयमा स्थापना गरिएको सशत्र प्रहरी वलका प्रहरी अधिकारीहरुले समेत मुख्यनाका बीरगन्ज रक्सौलको मुख्य बाटोबाटै तस्करी गराइए रहेका छन् । बारा,पर्सामा साइकल,मोटर साइकल,अटो,इरिक्सा,भरिया एवम् साना पिकअप भ्यानको प्रयोग गरी भारतबाट माल समान नेपाल भित्रयाउँने गरिएको तथा नेपालमा रहेको ट्रान्सपोट कम्पनीहरुको सहयोगमा राजस्व छलीका माल समानहरु देशको साना देखि सबै ठुला शहरमा पुगी रहेका छन् । बारा र पर्साबाट हुने गरेका ठूला तस्करी गिरोहहरुमा टान्सपोट कम्पनीका साहुहरुको समेत समलग्ता हुने गरेको छ ।

किराना आटम,इलेक्ट्रोनिक आइटम तथा कपडा लगायतका नाममा ठूला व्यापारीहरुलाई लाइन तोकेर प्रहरीले दिएपछि उनीहरुकै नामबाट साना देखि ठुला सबै तस्करी हुने गरेको छ । ठूला तस्करहरुले प्रहरीमा बुझाएको रकम असुल उपर गर्न साना तथा पोके तस्करहरुलाई लाइन दिने गरेका छन् । प्रहरीले कतै समाति हाले माल फलानोको हो भन्नेपछि समान छुटने गरेका छन् ।

सिमा नाकामा तस्करी खुल्याम रहेको भएपनि बजारमा समान्य झोले तस्करहरुलाई लसार पसार गरी सशत्र प्रहरी वलले नौटकी गर्ने गरेका छन् । तस्करको बारेमा कुरा गर्दा बारा पर्साका प्रहरी अधिकारीहरु चाडबाडमा समान्य घरायसी प्रयोजनको लागि मात्र समान ल्याउँन दिए बताउँदै सिमानाकामा कहि तस्करी नभएको दावी गर्ने गरेका छन् ।

केहि दिनअघि अबैध सुपारी भरिएको दुई वटा ट्याक्टर भारत मोटो रकम लेनदेन गरि पु¥याएको भएपनि एसएसबीले समातेपछि झनै दुवै प्रहरी संगठनकाे  चरित्र उदाङ्गो भएको छ । दुवै प्रहरी संगठन सुपारी कसरी भारत पुग्यो कसको हो बारे आफुहरु थाह नरहेको बताउँदै आएका छन् । तर स्रोतका अनुसार सो ट्याक्टर प्रहरी सहयोगमै भारत पुगेको दावी गरिएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश