विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

उम्मेदवार सरार्फ जनसम्पर्क र भेटघाटमा ब्यस्त

सिम्रौन्गढ़ नपा psa

वीरगंज – पर्सा क्षेत्र न.१(ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवार ओमप्रकाश सरार्फले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न वडा र टोलहरुमा जनसम्पर्क र भेटघाटमा तिब्रता दिएका छन् । एकै दिनमा दर्जनौं औपचारिक कार्यक्रम र भेटघाट कार्यक्रमहरुमा सहभागी हुने गरेको र सबै पक्षबाट अत्यधिक समर्थन पाउने हुँदा वहाँलाई भ्याई नभ्याई रहेको वहाँका निजि सचिवालयले जानकारी दिएको छ। आसन्न निर्वाचनमा नेता सरार्फको भिडन्त मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दी संग हुने लगभग पक्का पक्की छ। गठबन्धनबाट मुख्यमन्त्री गद्दी र लोसपाबाट नेता सरार्फ लडने लगभग निश्चिति भए पछि यी दुई बीच नै कडा प्रतिस्पर्धा हुने व्यापक चर्चा छ। नेता सरार्फ बिगत डेढ दसक देखि राजनीति गतिविधिको साथै विशेष समाजिक कार्यमा बढी सक्रिय रहेकोले समाजमा लोकप्रिय मत प्राप्त हुने आकलन गरिएको छ। स्थानीय विभिन्न संघ-संस्था तथा विभिन्न पक्षका युवाहरू संग सुमधुर सम्बन्ध रहेको र युवाहरुलाई अगाडि बढाउन उल्लेखनीय भुमिका निर्वाह गर्दै आएकोले पनि खासगरी सबै पार्टी र पक्षका युवाहरुको समर्थन प्राप्त हुने सचिवालयको दावी रहेको छ। यता मुख्यमन्त्री गद्दी प्रति सत्ता बिरोधि लहर रहेकोले पनि सरार्फले दाउ मार्ने कसरतमा रहेको देखिन्छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed