विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जसपा र नेकपा एमाले बाट लोसपामा प्रवेश

सिम्रौन्गढ़ नपा psa

काठमांडौ ।

जसपा र नेकपा एमाले बाट लोसपामा नेताहरू प्रवेश गरेका छन्। महोत्तरीका निर्वाचित प्रदेश सांसद कौसल कुमार यादव तथा सोही क्षेत्रका नेकपा एमालेका विनोद कुमार साह लगायत एक दर्जन भन्दा बढी नेता कार्यकर्ताहरुले आज लोकतान्त्रिक समाजवादी पार्टीमा प्रवेश गरेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

जसपा र नेकपा एमालेको गतिविधि जनताको हकहितमा नरहेकोले असंतुष्ट भएर लोसपामा प्रवेश गरेको यादव र साहले बताए। हामी जनताको पक्षधर रहेकोले आफ्नो क्षेत्रका जनताको हकहित लाई मध्यनजर गरि पार्टी परित्याग गरि लोसपामा प्रवेश गरेको यादव तथा साहले वताए।

जसपा नेपाल बाट महोत्तरी निर्वाचन क्षेत्र न:-४(क) बाट निर्वाचित सांसद एवं संविधान सभा सदस्य मा.कौशल यादव तथा ने.क.पा एमाले भुपु जिल्ला अध्यक्ष महोत्तरी तथा प्रस्तावित जिल्ला कमिटी सदस्य बिनोद कुमार साह लगायत एक दर्जन भन्दा बढी नेता कार्यकर्ता पार्टी प्रवेश गरेका छन्।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको केन्द्रीय अध्यक्ष मा.महन्थ ठाकुर र लोसपा नेपालका वरिष्ठ नेता मा.शरत सिंह भण्डारीको हातले पार्टी केन्द्रिय मुख्यालयमा सदस्यता ग्रहण गरिएको पार्टी केन्द्रिय कार्यालय सचिव रन्जित निस्पक्षले जनाएका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed