विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मुकेश साहको चर्चा, आजको आवश्यकता युवा सरकार

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

बिगतका विभिन्न आन्दोलन तथा पार्टीको कार्यक्रममा अग्रनी भुमिका निर्वाह गर्दै आएका तथा सामाजिक क्षेत्रमा सधै अगाडि, उच्च राजनैतिक छबि, नीति निर्माण सम्बन्धी अनुभवी, युवा नेतृत्वमा सबल, राम्रो योजाना निर्माण गर्न सक्षम, सरल स्वभाव भएका असल, ईमानदार एवं स्पष्ट विचार धरणा राख्न सक्ने सबै युवाहरुको ढुकढुकी युवा नेता मुकेश साह लाई नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाराले सम्मान गरी उमेदवारको रुपमा अगाडि सारेकोछ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

आउदो मंसिर ४मा प्रतिनिधि र प्रदेश सभाको चुनावमा युवा नेता साहले मनोनयन गरे पछि युवाहरूमा उत्साह छाएको देखिन्छ। साह जुन सुकै पार्टी बाट भए पनि हरेक पार्टी बाट युवाहरूको मत पाउने भएकोले बारा क्षेत्र :-३ को` क´मा जितको निकै सम्भावना बोकेका छन्। साह विद्यार्थी राजनीति बाट हुमिदै २०७३ सालमा अनेरास्ववियु ( क्रान्तिकारी)को केन्द्रीय सचिव भए पश्चात माओवादी केन्द्रको चार कार्यकाल जिल्ला कमिटी सदस्यको सफल कार्यकालको भुमिका निर्वाह गर्दै आएका छन्।

साह २०७३ अनेरास्ववियु (क्रान्तिकारी)सचिवबाट बिदा लिदै पुर्णरुपमा पार्टिको काममा निरन्तर तदारुकताका साथ आफ्नो निकै राम्रो भुमिका निर्वाह गर्दै २०७४ सालमा कलैया उपमहानगरपालिकामा माओवादी केन्द्रको उमेदवार हुँदै पार्टिलाइ सम्मान जनक ठाउमा राख्दै सश्क्त उमेदवारको रुपमा प्रस्तुत भएका थिए। २०७९ को स्थानीय चुनावमा पाँच दलिय गठबन्धन हुदा काङ्ग्रेसको भागमा पर्दा साह चुनावबाट बंचित भएका थिए। तर यसपालि साहले चुनाव लड्ने मौका पाए संगै साहको चर्चा बढ्न थालेको स्थानीयहरुले बताउने गरेका छन्।

साह योग्य उम्मेदवार भएकोले सिङ्गो यस क्षेत्रमा रहेका जनताको हकहित तथा यस स्थानको उत्थान गर्नुको साथै लिडरमा हुनुपर्ने गुनको पहिचान गराई कुशल नेतृत्वको उदय गराउने विश्वास व्यक्त गरेका छन्। अर्को तिर क्षेत्रको हिसाबले हेर्ने हो, भने कलैया उप-महानगरपालिका भित्र २७ वटा वडा मध्ये १० वटा वडा निर्वाचन क्षेत्र न. ३को (क)मा पर्छ, भने जितपुर सिमरा उप-महानगरपालिकाको ८ वटा वडाहरु पर्दछ। सबै गणना गर्ने हो भने साह लाई सहयोग गर्ने समुदायको बाहुल्य रहेकोले साह लाई निर्वाचित हुन खासै प्रतिस्पर्धा नरहेको स्थानीयहरुले बताउने गरेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed