विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

क्षेत्र नम्बर ४ मा कांग्रेसको चुनावी कार्यक्रम तिब्र, एकै दिन २ पालिकामा छुट्टाछुट्टै भेला

सिम्रौन्गढ़ नपा psa

वीरगञ्ज – नेपाली कांग्रेस पर्साले क्षेत्र नम्बर ४ मा चुनावी अभियान तिब्र पारेको छ । आइतबार मात्रै क्षेत्रमा रहेका २ वटा गाउँपालिकाले कार्यकर्ता परिचालन गर्न छुट्टाछुट्टै चुनावी कार्यक्रम गरेको छ ।
आफ्ना उम्मेद्वार विजयी बनाउन कुनै कसर बाँकी नराख्ने लक्ष्यका साथ क्षेत्रीय कमिटी, पालिका कमिटीका साथै वडा कमिटी र गाउँकमिटीलाई सक्रिय बनाएर चुनावी अभियान अघि बढाइएको कांग्रेस प्रदेस अध्यक्ष जीवनकृष्ण सापकोटाले जानकारी दिए ।
आइतबार जिराभवानी गाउँपालिकाको सेढवामा र जगरनाथपुर गाउँपालिकाको मसिहानीमा कार्यक्रम भएको थियो ।

२ वटै पालिकामा आयोजित कार्यकर्ता भेटघाट तथा चुनावी कार्यक्रमलाई कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्यका उम्मेद्वार रमेस रिजालले सम्बोधन गर्दै अहिलेको लडाई व्यक्तिगत नभई संविधानको रक्षाका लागि भएको बताए ।
संविधान विरोधी र संविधान रक्षार्थ रहेकाहरुबीचको लडाई रहेको भन्दै उनले लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्वारलाई विजयी बनाउने गरी अभियानमा लाग्न आग्रह गरे ।

karaiya holi 2082

उनले दुईतिहाईको सरकारको नेतृत्व गरेको केपी ओलीले संसद नै विघटन गरेर संविधान समाप्त पार्न खोजेको स्मरण गराउँदै त्यसबेला कांग्रेसले संसद व्युताएर संविधानको रक्षा गरेको उल्लेख गरे । त्यसैले अहिले जनताले संविधान विरोधीलाई ठेगान लगाउने उनले विश्वास व्यक्त गरे ।

Prasauni holi 2082

कार्यक्रममा प्रदेश सभा सदस्यका उम्मेद्वार शंकर चौधरी, जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरी, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, उपाध्यक्षहरु बबिता सिंह, रेखा चौधरी, युवा नेता राकेश यादव लगायत नेता कार्यकर्ताको उपस्थित रहेकोे थियो ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed