विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेकपा एसका पटेल जसपामा प्रवेश

सिम्रौन्गढ़ नपा psa

वीरगञ्ज – नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) बाट गत स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष उम्मेदवार रहेका दिनेश पटेलले जनता समाजवादी पार्टी नेपाल (जसपा) मा प्रवेश गरेका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ मा नेकपा एसबाट वडा अध्यक्ष लडेका पटेललाई पूर्वमन्त्री प्रदीप यादवले जसपा प्रवेश गराएका हुन् । पटेललाई यादवले फुलमाला र टिका लगाएर पार्टीमा स्वागत गरेका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

लामो समयदेखि राजनीतिमा सक्रिय रहेका पटेलको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको मुखमा जसपा प्रवेश गरेपछि नेकपा एस र समग्रमा सत्ता गठबन्धनलाई ठूलो झट्का लागेको छ भने जसपालाई फाइदा हुने देखिएको छ । पटेल उक्त क्षेत्रमा राम्रो पकड भएका नेता हुन् ।

वीरगञ्ज-१८ मा निर्वाचित वडा अध्यक्ष उमा शंकर तिवारी जसपाकै हुन् । पटेलले पनि जसपा रोजेसँगै उक्त वडामा पार्टीको पकड राम्रो भएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed