CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कला संस्कृति संरक्षणको लागि अप्पन मिथिला कला केन्दको उद्घाटन

फेटा GP PSA
2,552
सिम्रौन्गढ़ नपा psa

विराटनगर । सवै जातजाति, भाषाभाषी, समुदायको कला संस्कृतिको संरक्षण, सम्वर्धन र उत्थानको लागि विराटनगर महानगर पालिका वाडा नं. ८ मा रहेको गणेश मन्दिरको सामुदायिक भवनमा भव्य कार्यक्रमको आयोजना गरी अप्पन मिथिला कला केन्द्रको समुदघाटन भएको छ ।

विहानी किरण गैरसरकारी संस्थाका प्रतिनीधि विरेन्द्र मेहताको प्रमुख आतिथ्य लगायत विशिष्ट अतिथी अखिल क्रान्तीकारीका विद्यार्थी नेता दिपेन्द्र मेहता, मैथलीको अभियन्ता प्रविण नारायण चौधरी, प्रगती विनायक टोलका अध्यक्ष माधव ढुंगेल, गणेश मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र कुमार थापालगायतले संयुक्त रुपमा दियोमा वत्तीवालेर केन्द्रको उद्घाटन गरिएको थियो ।
प्रमुख अतिथी यादवले भने पहिचानलाई जोगाउनको लागि कला संस्कृतिको संरक्षण र सम्वर्धन आवश्यक रहेको वताउंदै कला केन्द्रले सिकाउने नृत्यमा सवै उमेर समुहको व्यक्तिहरुलाई सहभागी हुन आह्वान गर्दै भने नृत्य भनेको स्वास्थ्यको लागि अत्यन्त आवश्यक भएकोले लाज नमानिकन सवै उमेर समुहले भाग लिनु पर्ने वताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

त्यस गरी मन्दिरका अध्यक्ष राजेन्द्र थापाले भने अप्पन मिथिला कला केन्द्रले समाजमा रहेको सवै समुदायको प्रतिनिधित्व हुने गरे कला संस्कृतिलाई अगाडी वढाउनमा हरेक किसिमले सहयोग गर्न तयार रहेको वताए । टोल संगठनका अध्यक्ष ढुंगेलले भने आफ्नो पहिचानको लागि मिथिला संस्कृतिले जुन प्रकारको अभियान चलाएको छ त्यसको सफलताको शुभकामना दिएका थिए ।


अप्पन मिथिला कला केन्द्रले मैथली कला संस्कृतिको संरक्षण मात्र नगरी तराई मधेशमा बोलिने मगही, मैथली, भोजपुरी, अवधी, नेपाल लगायतको कला संस्कृतिलाई समावेश गरी सवैको उत्थानको लागि केन्द्र अगाडी बढ्न मधेशी पत्रकार समाजका अध्यक्ष श्याम सुन्दर सुतिहारले आग्रह गर्दै केन्द्रको प्रगतिको लागि शुभकामना व्यक्त गरेका थिए ।
सो कार्यक्रममा सुजीता माझी, बैजनाथ ठाकुर, सुमन राय लगायतले आफ्नो नृत्य तथा गायन प्रस्तुत गरेका थिए । सोही क्रममा केही साना नानीहरुले समेत आफ्नो नृत्य प्रस्तुत गरेका थिए । सो कार्यक्रम कला केन्द्रका अध्यक्ष बसुन्धरा झाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश