CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मेसु जयसवालले ल्याब इन्चार्ज यादवलाई सरक्षण गर्दै

फेटा GP PSA
655
सिम्रौन्गढ़ नपा psa

प्रभु यादव , बारा।

बाराको कलैयामा रहेको प्रदेशिक अस्पतालमा कर्मचारीहरूको आ-आफ्ना मनोमानी ढंगले काम गर्ने गरेको पाइएको छ। रक्त परिक्षण प्रयोगशालाका इन्चार्ज रमेश प्रसाद यादव आफू काममा नआई अरूलाई पठाएर काम गराउने गरेको र ल्यावको काम गैरजिम्मेवार भैई सकेको सेवा लिन आएका सेवाग्राहीहरूले बताउने गरेका छन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

आईतवार विहान ११ :०० बजे देखि २:०० बजे सम्म इन्चार्ज यादवको पालो रहेको समयमा मुटु रोगी कलैया उपमहानगरपालिका वडा नम्वर ४ का लक्ष्मी चौधरीले रगत चेक गराउन छटपटी रहदा कुनै सेवा कसैले दिन सक्ने नभेटदा अस्पताल कर्मचारी र प्रमुख व्यवस्थापन गर्ने मानव जिवनसंग खेलवाड गर्दै गरेको गुनासो गरेका हुन। चौधरीले कोष तथा लेखा नियन्त्रण कार्यालयको प्रमुख हुदा जनताको सेवा कसरी पुग्छ, काम गर्न अग्रसर हुन्थे तर मानव सेवा दिनेले यस्तो कार्य गरि रहेको देख्दा बढो बिडमवना अवस्था सृजना हुन पुगेको बताउनु भयो।

Karaiya Mai Notice Winter

अस्पतालमा डाक्टरहरू राम्रो आए पनि प्रशासनको लपरवाहीका कारण सेवा लिन आएका सेवाग्राहीहरू अलमलमा परी सरकारी सेवाबाट आतिएर निजि क्लिनिकमा उपचार गराउन बाध्यता भएको चौधरीको गुनासो रहेको छ। अस्पतालमा सेवा दिनका लागि खटिएका कर्मचारीको कारण उपचार गराउन आएका सेवाग्राहीहरूले सेवा नपाउनु कार्यको अस्पताल प्रशासनले सुधार गर्न र गैरजिम्मेवार लाई कर्वाही गर्न समेत चौधरी बताए ।

चौधरीको सगै आएका महेन्द्र चौधरीले आफू वन अधिकृतको जागिर खाएर सेवाबाट अवकास प्राप्त भएका हौ, आफुहरूको अस्पतालको ल्यवको अवस्था देखदा सधैं यस्तै हुने गरेको होला र गरिब जनताहरू छटपटिएर पीडा भोग्ने गरेको होला महसुस भईरहेको बताउनु भयो। कलैया उपमहानगरपालिका वडा नम्वर ६ कलैयाका उपेन्द्र साह ल्यवमा आर बि सि चेक गराउनका लागि एक घण्टा देखि ल्याब र पुर्जी काटने काउन्टर सम्म घुमि रहेकोछु, कर्मचारी नभएकोले काम हुन नसकेको बताए। प्रदेशिक अस्पताल कलैया – ६ मै रहेको आफू स्थानिय भएर सेवा लिन यस्तो गाह्रो परेको छ जसले बाहिरबाट आउने गर्छ त्यसलाई कस्तो परि रहेको होला साहले गुनासो गरे।

कर्मचारी र अस्पताल प्रशासनको चरम लपरवाही रहेको साहले बताए। प्रदेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुनिल प्रसाद जयसावले ल्याबमा कर्मचारी रहेको बताउदै कमजोरी लाई लुकाउन खोजेका छन। डाक्टर साह ल्याबमा आफू विहान ११ बजे पुगेको थिए त्यस वेला ड्युटी रहेका कर्मचारीसंग भेट भएको थियो त्यस पछिको के कस्तो अवस्था रहेको थियो आफुले बुझने छु, यदी केही नभएको पाईएमा करवाही गर्ने बताउनु भयो । प्रयोगशाला इन्चार्ज रमेश प्रसाद यादवसंग फोनमा बुझदा आफू बिमार रहेकोले संतोष यादवलाई पठाएको बताए।

ल्यवमा कोही छैन भने म १५ देखि २० मिनेटमा पुग्नेछु इन्चार्ज यादवले बताए। अस्पताल स्रोतसंग बुझदा ल्याब इन्चार्ज यादव आफू ड्युटी गर्दैन र आफ्नो सट्टामा अस्पताल कर्मचारी नरहेकाहरू लाई लगाउने गरेको कुरा समेत खुलन आएको छ। रगत चेक गर्ने मेसिन यस्तै लपरवाही र गैरजिमेवारहरू लाई खटाउने गरेकोले करिब दुई महिना सम्म विग्रेर सेवा थप हुन पुगेको जनकारहरूले बताएका छन।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश