विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेता वा शासक हैन सेवक बनेर काम गर्छु : साह

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

बाराको जितपुर सिमरा बामलोकतान्त्रिक गठबन्धनले घरदैलो सम्पन्न गरेकोछ। बामलोकतान्त्रिक गठबन्धनले जितपुर सिमराको वडा:-११को खैरवा, खेसरौंल, आमाडार र १२ को फतेपुर, पिपरिया, सेमरी टोलमा घरदैलो सम्पन्न गरि फतेपुर बजारमा कोणसभा गरेकोछ। जिल्लाका धेरै नेतालाइ जिताएर हेर्नू भयो, त्यो आज सम्म मालिक बनेर कार्य गर्दै आएकाछन तर आफु यो क्षेत्रको लागि नेता हैन सेवक बनेर कार्य गर्ने आस्वासन सेवक उम्मेदवार मुकेश साहले दिएका हुन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

फतेपुर पहिला जुन अवस्थामा थियो आज पनि त्यही अवस्थामा रहेको, आफु जितेको एक बर्ष भित्र फतेपुर फरक अवस्था बोध गराउछु यहाको जुन जटिल अवस्थामा स्वास्थ छ त्यसको अवस्था परिवर्तन गरि यो क्षेत्रमा नमुना स्वास्थ संस्था निर्माण गर्ने कार्य हुन्छ भने फतेपुर कोणसभामा बारा ३ (क) मधेस प्रदेस सभा सदस्यको सेवक उम्मेदवार मुकेश साहले आफ्नो मन्तव्य जलावदिन मंसुरले जानकारी गराए।

कार्यक्रमको प्रमुख अतिथी तथा प्रतिनिधि सभा सदस्य साझा उम्मेदवार लालबाबु सिंह भुमिहार भएको कोणसभा कार्यक्रममा मनोज भट्ट, रामानन्द प्रसाद यादव,जरिना बेगम, अर्जुन ढकाल, रामचन्द्र चौधरी, फुलेना यादव, कनाही चौधरी, रबिन्द्र दास, लालबाबु राय, देबेन्द्र पंडित, बुद्धदेव चौधरी, जित बहादुर चौधरी, वाल्मीकि यादव, महेन्द्र चौधरी, बजरंगि साह, सुरेश यादव, दिपलाल राम, आबिद हुसैंन, संदिप यादव, राजेश्वर कुश्वाह, रेयाजुल इस्लाम, राजकुमार गिरि, ब्रहदेव कुश्वाहा, महेश गुप्ता, संदिप गुप्ता, सुनिल कुश्वाहा लगायतको अगुवा कार्यकर्ता उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता इश्वर ढकालले गरेको कार्यक्रम सञ्चालन सोमनाथ रिजालले गरेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed