विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

समाज परिवर्तनका लागि शर्मा खाद्यान्न र अस्पतालमा गरे अनुगमन

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रत्यासी सांसद इन्जिनियर सुरेन्द्र शर्मा र पार्टीका रोसन अधिकारीको टिमले आज बाराको खाद्य संस्थान र अस्पतालमा अवलोकन अनुगमन गरेका छन्। पार्टी पवरमा भए नभए पनि राष्ट्र प्रेमीले राष्ट्रका जनताको हकहितमा काम गर्ने पद वा पावरको परखाइमा नरही सधै जनताको बारेमा चिन्तनशिल हुने गर्छन् भने भावनाका साथ अगाडी बढेका छन्। युवा समाज जब सम्म आफ्नो समाजको बारेमा अगाडी ण बढे सम्म समाजमा बेतिथी बेरोजगारी भ्रस्टाचारी आदि समस्याहरु अझ बिक्राल हुँदै जाने भएकोले आफू अगाडी बढेको इन्जिनियर शर्माले बतए।

karaiya holi 2082

फोहर सफा गर्न फोहरमा हात हाल्नै पर्ने भएकोले राजनीति फोहरी भए पनि सफा गर्न राजनीतिमा आएको इन्जिनियर शर्माले आफ्नो धारणा राखेका छन्। हाम्रो देशमा राजनीतिले किन यति बेतिथी बढेको बारेमा अनुसन्धान गरि जडै देखि उखालेर फाल्ने आफ्नो धारणा रहेको शर्माले बताए ।

Prasauni holi 2082

खाद्यान्न संस्थानमा अनुगमन गर्दा नेपाल सरकारले अनुदानको रकम नतिरेकोले खाद्यान्न आपूर्ति हुन नसकेको र अस्पतालमा २५ बेडको पुरानो संरचनामा नै व्यवस्थापन समितिको समन्वयमा ७६ बेड जसो तसो काम चलाउन बाध्य रहेको मेसु सुनिल जैसवालले बताए। र अझै ५० बेडको आवस्यकता रहेको बताए जैसवालले बताए। बेडको अभावमा रेफर गर्ने बाध्यता रहेको अस्पताल प्रमुख जैसवालले प्रत्यासी सांसद शर्मा संग गुनासो पोखेका थिए।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed