विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

लैङ्गिक हिंसा विरूद्ध १६ दिने अभियानमा सचेतनामुलक र्‍याली

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

बाराको महागढीमाई नगरपालीका वडा नम्वर २ बरियारपुर बाजारमा लैङ्गिक हिंसा विरूद्ध १६ दिने अभियानमा सचेतनामुलक र्‍याली गरेको छ । इस्लामिक रिलिफ केनडा इस्लामी रिलफ नेपालको आर्थिक सहयोग र जनजागरण युवा क्लव बाराको आयोजनामा सचेतनामुलक र्‍याली निकाली बजार परिक्रमा गरि नगरपालिकाको कर्यालयमा पुगी सम्पन्न गरेको थियो ।

karaiya holi 2082

र्‍यालीमा सामुदायको उत्थानशिलता सुदृढीकरण परियोजना अन्तरगत गठित समुदाय संरक्षक व्यवस्थापन सञ्जाल समिति, अतिविपन्न किसानको समूह महिला कृषक समुहहरूका सदस्य स्कुले विधार्थीहरू बुद्धिजीवीहरू सहितको सहभागितामा निस्केको र्‍यालीमा महिला हिंसा अन्त्य गरौ, बालविवाह अन्त्य गरौ, अपाङ्ग लाई समान गरौ जस्ता नाराहरू लगाउदै नगर परिक्रमा गरेको थियो।

Prasauni holi 2082

महागढीमाई नगरपालीका वडा नम्वर २ का वडासदस्य अजली देवी पासवानको सभापतित्वमा निस्केको र्‍यालीमा बरियापुरका प्रहरी चौकी इन्चार्ज ओकिल ठाकुर , जनजागरण युवा क्लव बाराका कोषाध्यक्ष सियाराम यादव, लेखापाल पवन सहनी, कृषि प्राविधिक प्रभु प्रसाद यादव, पशु प्राविधिक जैनुल मिया धोवी, समाजिक परिचालक सुरेश प्रसाद यादव र हमेशा खातुन लगाय १०० जनाको सहभागिता रहेको थियो ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed