विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

डा. साहले आशिर्वाद हस्पिटल बाट बाराका बिरामी लाई उपचार गर्ने

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

मानव सेवा नै सर्व श्रेष्ठ धर्म र सेवा हो, भन्ने मान्यताका साथ जनता लाई सेवा गर्ने उदेश्यले हस्पिटलको स्थापना गरेको डा. साह मनोभावना रहेको छ। बारा जिल्लाको सदरमुकाम कलैया ५ मा पर्ने जिल्ला प्रहरी कार्यालय बाराको पस्छिम पट्टि बालमन्दिर अगाडी सुबिधा सम्पन्न आशिर्वाद हस्पिटल कलैया प्रा.ली.को उदघाटन भएको हो। राष्ट्रप्रेमी नेपाली, नेपाल सुशासन पार्टीका केन्द्रिय अध्यक्ष तथा पुर्व डिआईजी रमेश खरेलले एक कार्यक्रमक बिच रिबन काटेर अस्पतालको उदघाटन गरेका हुन्।

उदघाटन गर्दै खरेलले आफ्नो मन्तव्य राख्ने क्रममा अस्पतालले यस भेगका जनताका लागि स्वास्थ्य सेवामा महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास गरेका थिए। सरकारले जनताको स्वास्थ्य संग खेलवाड गरे पनि यहाँ सचेत युवाले यो समाजका लागि महत्वपूर्ण योगदान गर्ने आट लिएर अगाडी बढेकोमा खुशी व्यक्त गरेका थिए। यो स्वास्थ्य संस्थाले चाडैं नै लोकप्रियता हासिल गर्ने पनि खरेलले शुभकामना व्यक्त गरेका थिए। खरेलले यो अस्पतालले यो जिल्ला मात्र होइन पुरै देशका जनताको हकहितमा सफल बन्न पुगोस् भन्ने कामना समेत व्यक्त गरेका थिए।

Prasauni holi 2082
karaiya holi 2082

अस्पतालले महिनाको एक दिन भएपनि निशुल्क चेकजाँच गर्नु पर्ने बारे मन्तव्य राख्ने क्रममा कार्यक्रमका अध्यक्ष तथा अस्पतालका डाइरेक्टर डा. साहका बुबा शम्भु साहले उदघोष गरेका छन। डा. साहका अनुसार गरिब बिपन्न परिवारका लागि पनि बिशेष सहुलियतमा उपचार सेवा उपलब्ध गराईने बारे जानकारी गराएका हुन्।

अस्पतालको विशेषता बारेमा २४ सै घन्टा आईसियु एन आईसियु, प्रसुती सेवा, ईमर्जेन्सी सेवा, हाड तथा जोर्नी सेवा, नवजात शिशु तथा बाल रोग सेवा, फिजिसियन सेवा, भिडियो एक्सरे, जेनेरेटर सर्जरी सेवा उपलब्ध गराईने अस्पतालका डाईरेक्टर डा. साहले जनाएका हुन।

कार्यक्रममा सहायक प्रजिअ कृष्ण प्रसाद आचार्य, बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापा, नेपाल चिकित्सक संघ नारायणीका अध्यक्ष डा.मनोज गुप्ता नेपाल चिकित्सक संघ नारायणीका सचिव डा. नौशाद हक, एकीकृत शक्ति नेपालका केन्द्रिय सचिव नरेश चौलागाई, बारा उधोग बाणिज्य संघका उपाध्यक्ष प्रदिप गुप्ता उर्फ गोल्डेन, मनोकामना कलेजका संस्थापक रामबाबु कुश्वाहा, नेपाली काङ्ग्रेस बाराका युवा नेता राकेश पान्डे, लोसपा नेपालका युवा नेता बिकास सिंह, सदस्य मुकेश गुप्ता, वाईसिएल प्रदेश सदस्य तथा बारा ३ ईन्चार्ज अब्दुलेश अन्सारी, तेक्वान्दो प्रशिक्षक सन्जय साह, समाजसेवी फुलेना सिंह, लगायतका समाजसेवी तथा स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन बाराका सञ्चारकर्मी साजिर मन्सूरले गरेका थिए।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed