विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

सभ्य समाजको पहिचानः लैङ्गिक हिंदा बिरुद्धको अभियान’’ मनाइदै

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

karaiya holi 2082

‘‘सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा बिरुद्धको अभियान’’ नाराका साथ लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान बिभिन्न कार्यक्रमहरु गरी जन जगरण युवा क्लब बाराले मनाईरहेको छ । युरोपियन युनियन तथा बेलायत सरकारको सहयोगमा भि.एस.ओ नेपालको साझेदारीमा संचालन भएको सहयात्रा र एक्टिभ परियोजना अन्तर्गत बाराको जितपरसिमारा र कलैया उमाहानगरपालिकामा र्‍याली कार्यक्रम तथा अपांङ्गता भएका बालबालिकाहरु संग दुर्गा स्कुल बरेवा तथा आपाङ्ग सेवा संघ सिमारा बारामा चित्र कला, वक्तित्वकला साथै अरु बिभिन्न कार्यक्रमहरु संचालन गरिएको हो।

त्यसै गरि गौर नगरपालिको अधारभुत बिधालय बालमन्दिरमा अपाङ्गता भएका बालबालिकाहरुबाट चित्रकाला प्रर्दर्शनी तथा गौर र गढीमाई नगरपालिका रौतहटमा रयाली गरि मनाएको हो । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको बाँकि दिनहरुमा पनि अन्तराष्ट्रिय स्वयमसेवा दिवस तथा लैङ्गिक हिंसा बिरुद्धको रेडियो जिंगल तथा सडक नाटक पनि आयोजना गरि मनाउने योजना रहेको जन जागरण युवा क्लबका परियोजना प्रवन्धक मनोज यादवले जानकारी दिए ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed