विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

लैंङ्गिक हिंसा अन्त्यका लागि आफैबाट सुरू गर्नु पर्छ

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

बाराको सुवर्ण गाउपालिका ८ नेरामाविमा वक्तित्वकलामा आफ्नो विचार राख्दै लैंङ्गिक हिंसा अन्त्यका लागि आफैबाट सुरू गर्नु पर्छ भन्ने कुरा बताइएको छ। कार्यक्रममा भाग लिएका छात्रछात्राहरूले आफ्नो विचार प्रस्तुत गर्दा उक्त कुरा बताएका छन । लैंङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गत कार्यक्रम गर्दै जनजागरण युवा क्लबले वक्तित्वकला कार्यक्रमको आयोजना गरेको थियो ।

karaiya holi 2082

इस्लामीक रिलिफ कानेडा, इस्लामीक रिलिफ नेपालको आर्थिक सहयोग र जनजागरण युवा क्लव बाराको आयोजनामा संचालित समुदायको उथानशिल्ता सुदृढीकरण परियोजना अन्तर्गत सञ्चालन रहेको सुवर्ण गाउपालिकाको १५ जना छात्राछात्रहरूले भाग लिएको थियो। सहभागी छात्रछात्राहरू घरबाटै छोरा छोरी बिचको विभेद समाजिक सुरक्षा लाई विशेष महत्व दिएर समानता कायम नगरेसम्म महिला हिंसाको अन्त्य हुन नसक्ने बताएका छन ।

Prasauni holi 2082

वक्तित्वकाला प्रतियोगितामा प्रथम रौशन खातुन दोश्रो अविनाष साह र तेश्रो लक्ष्मी गिरी भएका छन। सहभागी छात्रछात्राहरू मध्ये निकेश यादव, राजिव यादव, विशाल साह र सुर्य कुमार यादवले सन्तवना पुरस्कार पाएका थिए र आफ्नो विचार राखेर महिला हिंसाबाट वचन र त्यस्तो प्रथालाई अन्तय गर्नका लागि गरेको साहसको कदर गर्दै सबै जनालाई कापी र पेन दिएर समान गरेको थियो ।

कार्यक्रममा शिक्षक रामश्रवन यादव, जनजागरण युवा क्लवका कोषाध्यक्ष सियाराक यादव, कृषि प्राविधिक प्रभु प्रसाद यादव, पशु प्राविधिक जैनुल मिया धोवी, समाजिक परिचालक सुरेश प्रसाद यादव र हमेशा खातुन लगायतको सहभागिता रहेको थियो ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed