विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

अपाङ्गहरुको समस्या बारे वहाहरु बाटै अवाज उठ्नु पर्ने

सिम्रौन्गढ़ नपा psa

सबिर आलम, बारा।

आदर्श कोतवाल गाउँपालिका र सह आयोजक बी.पी. नेत्र प्रतिष्ठान आदर्श कोतवाल तथा मिथिला सारथि समाज नेपाल द्वारा आयोजना गरि समावेशी विकासका लागि रुपान्तरित समाधान: पहुँचयक्त एवं समतामूलक विश्वका उर्जावान सिर्जनाशिलताको प्रावधान नाराका साथ ३१औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस बारे एक कार्यक्रम गरि मनाईएको छ।

त्यस्तै सबैका लागि मर्यादा स्वतन्त्र र न्याय नाराका साथ ७४ औ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईएको छ। उक्त कार्यक्रम रास्ट्रीय अपाङ्ग संघका केन्द्रीय सदस्य सुनिल कुमार यादवको अध्यक्षता तथा आदर्श कोतवाल गाउँपालिकाका उप- प्रमुख मिरा देवी यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रममा वाडा न. ५ का वडा अध्यक्ष रुपनारायण सिंहले भने अपाङ्ग भनेको के हो? र अपाङहरुको आवश्यकता के छ र ती आवश्यकताहरु कहाँ बाट परिपुर्ति हुन्छ भने तर्फ ध्यानाकर्षण गराउनु भएको थियोे। साथै हामीहरु गाउँपालिका बाट केही बजेट राख्ने तरखरमा रहेको तथा हामीहरु गाउँपालिका बाट केही न केही सक्दो सहयोग गर्छौ भनी प्रतिबद्धता दिनु भएको थियो।

Prasauni holi 2082

त्यस्तै वडा न ८ का वडा अध्यक्ष हरिनारायण कुश्वाहाले भने सबै मानव नै रहेको भन्दै कोही गरीब हुन्छ कोही धनी हुन्छ कोही लङडो हुन्छ ,कोही अन्धो हुन्छ तर सबैको जीवन मानवको बराबर रहेकोले सबैको मानसमान होस, सबै मानवको मन उच्च होस, किनकि कसैको मानहानी नहोखोस बारे सबैले सबैको ख्याल गरि जसले आज विश्वमा एउटा मानव अधिकारको बोध गराएका छन् भन्ने बारेमा त्यसको लागि नमन गर्नु भएको थियो। मानव अधिकर सबै अधिकार भन्दा माथी उठेर रहेको अवगत गराउनु भएको थियो।

karaiya holi 2082

दिवस भनेको हामी सबैको लागि एक पर्व रहेको हुनाले यसलाई नबिर्सिन आग्रह गर्नुको साथै लङ्गडो व्यक्ति लाई पहिले लङ्गडा, लङ्गडी भनी अवहेलना गरिएको थियो तर अहिले मानव अधिकारको शिक्षाले गर्दा कुनै पनि व्यक्ति लाई त्यस्तो अवहेलना गर्न बन्देज गरिएको छ, भनी जानकारी गराउनु भएको थियो। युवा नेता उमेश प्रसाद साहले भने यो गाउँपालिकामा अपाङ्गहरुको वर्गीकरण नभएको र हामीहरु नयाँ, नया जनप्रतिनिधि भएकोले अपाङ्गहरुको धेरै समस्याहरु हामीहरु लाई थाहा नभएकोले अपाङ्गहरु बाट समस्याहरुको माग उठ्नु पर्नेमा जोड दिएको थियोे।

एउटा समूह बनाएर छलफल गरि माग आउनु पर्ने साथै यो समाजमा विभिन्न जातजातिका मानिसहरु बसछन हामीहरु एक हौ भनी सोचका साथ अगाडि बढ्यो भने विकास सम्भव रहेको कुरा अवगत गराउनु भएको थियो। स्वास्थ्य चौकी च्युटाहाका प्रमुख मुकेश गुप्ताले आफ्नो मन्तव्य राख्दै भने अपाङ्गता भएको व्यक्तिहरुको जिउकोपार्जन गर्नका लागि शिपमूलक कार्यक्रमको सिर्जना गर्नु पर्ने तथा अपाङ्गता मैत्री अस्पताल बनाउनु पर्ने, अपाङ्ग मैत्री शौचालय बनाउनु पर्ने आवश्यकता रहेको तथा जातिपाती अनुसारको अपाङ्गता कार्ड नबनाई एउटा नियम बनाउनु पर्ने सल्लाह दिनु भएको थियोे। यसमा दायाँ-बायाँ गर्ने व्यक्तिलाई कानुनी कार्वाही गर्नु पर्ने कुरा राख्नु भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका उप-प्रमुख मिरा देवी यादवका अनुसार पहिला समिति बनाउनु पर्ने आवश्यकता रहेको तथा हामीहरु पाँच वर्षको लागि रहेकोले हामीहरु एक रुपैया पनि कटौती गर्दैनौ हामीहरु सक्दो सहयोग गर्छौ भनी आश्वासन दिनु भएको थियोे। त्यस्तै कार्यक्रमका अध्यक्ष तथा रास्ट्रीय अपाङ्ग महासंघका केन्द्रीय सदस्य सुनिल प्रसाद यादवले भने, हामीहरु धेरै दिन देखि अपाङ्गता क्षेत्रमै काम गर्दै आईरहेको र अपाङ्गहरुको हकहितको लागि लडदै आईरहेको छु, र यो गाउँपालिकाको नीति तथा कार्यक्रममा अपाङ्ग मैत्री हुने योजनाहरु पनि राख्नका लागि प्रयास गरेको छु, जुन समावेश गरिएको छ।

आउदो दिनमा हाम्रो माग प्रती गम्भीर भएर लाग्छौ भनी जानकारी गराउनु भएको थियो। उक्त कार्यक्रममा विशिस्ट अतिथि रास्ट्रीय अपाङ्ग महासंघ मधेश प्रदेश सह-सचीव राजेश साह, अतिथी गौरी शंकर प्रसाद साह, गुन्जेसवरी प्रसाद साह, नवीन कुमार शर्मा, प्रमोद प्रसाद यादव, अरुन कुमार पान्डे, दिपेन्द्र पटेल, सियाराम यादव, प्रतिमा कुमारी, सगीता कुमारी साह, महिला स्वयंसेवीकाहरु, अपाङ्गता भएका व्यक्तिहरु लगाएतको उपस्थिति रहेको थियो। स्वागत मन्तव्य सम्साद अलीले गरेका थिए भने कार्यक्रम सन्चालन प्रदिप कुश्वाहाले गरेका थिए।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed