विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

उखु किसानको समस्यामा युवा जमात उभिदै : रौनियार

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

उखु किसानको समस्यामा युवा जमात उभिदै आज कलैयाको हिमानी रेस्टुरेन्ट पार्टी प्यालेसमा अन्तरक्रिया कार्यक्रम गरिएको हो। इनरदेव कुशवाहाको अध्यक्षता तथा पुर्व सम्बिधान सभा सदस्य आत्माराम साहको प्रमुख आतिथ्यता एवं राजेश रौनियारको अगुवाईमा किसानको समस्या बारेमा व्यापक चर्चा गरिएको थियो। जसपा नेपालका प्रदेश उपाध्यक्ष सुशील यादवको विशिष्ट आतिथ्यतामा गरिएको अन्तरक्रियामा किसानको विभिन्न समस्या लाई समाधान गर्न विषेश छलफलको आवस्यकता रहेको औल्याएका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

किसानले आफ्नो बाली उपजाउने बेला सरकारले गरेको गैरजिम्मेवारीका कारण किसानहरु मार्कामा पर्ने गरेको वारे विस्तृत छलफल गरिएको थियोे। उखु किसानले रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्री प्रा.लि.ले भने अनुसार उखुको बीउ र मल खाद्य एवं विसादी छरे पनि ६०% उखु सुखेकोले किसान मारमा परेको भन्दै आन्दोलित भएका छन्।

किसानहरुको समस्यामा कुनै नेता वा संबंधित निकाय चिनी मिलको मिलोमतोमा उभेकोका कारण झन किसानहरु मर्कामा पनेको किसानहरुको गुनासो रहेको छ। सोही कुरा लाई मध्यनजर गर्दै सचेत नागरिकको हैसियतले युवा जमातहरुले अब किसानको समस्यामा सहयोग गरि अगाडी बढ्दै आज उखु किसान संघर्ष समिति गठन गरिएको हो। किसानहरुको समस्या समाधान नभए सम्म हाम्रो समाज बढ्दैन र समाज अगाडी नबढे देश अगाडी नबढ्ने भएको हुनाले किसानको समस्या समाधान हुन र गर्न आवस्यक रबरको औल्याउँदै समिति गठन गरिएको हो।

विभिन्न वक्ताहरूले आ-आफ्नो धारणा राख्नेक्रममा किसानको समस्या जसरी भए पनि समाधान गर्न प्रतिबद्धता जनाएका छन्। प्रमुख अतिथि साह, जसपा नेपालका प्रदेश उपाध्यक्ष सुशील यादवले रौनियारले दिएको अभिव्यक्ति लाई जोड दिदै उखुकिसानले छतिपुर्ती नपाए सम्म चिनी मिल सञ्चालन गर्न नदिने अन्तरक्रिया कार्यक्रममा उद्घोष गरेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed