विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

विधार्थीहरुको बौद्धिक विकासका लागि हाजरी जवाफ प्रतियोगिता सम्पन्न

सिम्रौन्गढ़ नपा psa

कलैया बारा।

विधार्थीहरुको बौद्धिक विकासका लागि हाजरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो। हेल्पीङ्ग हैन्ड युथ सोसाईटीको आयोजनामा गरिएको प्रतियोगितामा १० वटा नगर स्तरीय इन्टर कलेजहरुको सहभागीता रहेको थियोे। सोसाइटीका अध्यक्ष राज कुमार गुप्ताको अध्यक्षता तथा जिल्ला प्रहरी प्रमुख होबिन्द्र बोगटीको प्रमुख आतिथ्यता एवं शिक्षक प्रेम उपाध्याय, अमर उ मा वि का प्रधानाध्यापक दिनेश प्र. जैसवाल लगायतका विशिष्ट आतिथ्यतामा कार्यक्रम गरिएको हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

त्रिचन्द्र उच्च मावी कलैया, मनकामना कलेज कलैया, सिम्बेसिस कलेज कलैया, गार्डेन सिटी कलेज, बाल एक्ता इङलिस बोर्डिङ स्कुल कलैया, श्री दुर्गा मोडेल कलेज कलैया, श्री अमर मावि दोहरी, श्री नेपाल मटिअरवा सेकेन्ड्री स्कुल, श्री नेरा मावि सिसवा, रामराजा वहुमुखी क्याम्पस कलैया लगायतका विद्यालयका विधार्थीहरुको सहभागिता रहेकोे थियो भने प्रत्येक विद्यालय बाट तीनजना विधार्थीहरुको सहभागिता रहेको थियोे।

Karaiya Mai Notice Winter

बारा जिल्ला प्रहरी प्रमुख होबिन्द्र बोगटीको प्रमुख आतिथ्यता गरिएको प्रतियोगिता कार्यक्रममा जम्मा १०० बटा प्रश्न सोधिएको थियो। जस मध्ये सबै भन्दा बढी प्रश्नको जवाफ मिलाउन सफल हुँदै जम्मा अंक १७ मनकामना कलेजले प्राप्त गरि पहिलो तथा त्यस भन्दा कम मिलाउन सफल हुँदै रामराजा बहुमुखि कैम्पसले १० अंक प्राप्त गरी दोस्रो हुन सफल भएका छन्। भने त्यस भन्दा कम जवाफ मिलाउन सफल हुदै सेम्बेसिस प्लस टूले ७ अंक प्राप्त गरी तेस्रो भएका छन्।

प्रथम हुने समूह लाई मायाको चिनो, सिल्ड, प्रशंसा पत्र प्रदान गरिएको थियो भने दोश्रो हुने समूह लाई मायाको चिनो तथा पहिलो भन्दा सानो सिल्ड प्रदान गरिएको थियोे। भने तेस्रो गर्ने समूह लाई मायाको चिनो र दोस्रो भन्दा सानो सिल्ड प्रदान गरिएको थियोे। तथा बाकी सबै समूह लाई सान्तावना पुरस्कार प्रदान गरिएको थियो।

कैनका अध्यक्ष सन्जय केशरी, लेट्स हन्ड्रेटका अध्यक्ष तथा यस सोसाइटीका सल्लाहकार एस मिश्रा, अविशेक साह लगायत सहभागि रहेकाहरूको कार्यक्रममा विशेष सहयोग रहेको थियोे।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed